ऋण लिएर भवन बनाइने, भाडा उठाएर ऋण तिर्ने « Khabarhub

ऋण लिएर भवन बनाइने, भाडा उठाएर ऋण तिर्ने


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नगर विकास कोषको सहयोगमा बुटबलमा व्यवसायिक भवन बन्ने भएको छ । भवन निर्माणका लागि सोमबार बुटबल उपमहानगरपालिका र कोषबीच सम्झौता भएको छ ।

१० करोड १४ लाख रुपैयाँको लागतमा निर्माण हुने भवनका लागि कोषले ९० प्रतिशत रकम ऋण सहयोग उपलब्ध गराउने छ भने, उपमहानगरले १० प्रतिशत रकम लगानी गर्नेछ। ८ प्रतिशत ब्याजदरमा २० वर्षका लागि ऋण सहयोग प्रदान गरिने कोषका कार्यकारी निर्देशक मनिराम सिंहले जानकारी दिए ।

बुटबल व्यापारिक केन्द्रका रुपमा विकास हुँदै गएको तथा बसपार्क क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेका कारण व्यवसायिक भवन निर्माण गर्न आफूहरु उत्साही भएको सिंहले बताए ।

पार्किङसहितको भवनबाट बुटबललाई व्यापारिक नगर बनाउन थप सहयोग पुग्ने उपमहानगरका मेयर मेयर शिब सुबेदीले बताए।

कोषबाट लिएको ऋण भवन भाडामा लगाएबापत आएको रकमबाट तिर्दै जाने नगरको योजना छ । ३ बर्षमा निर्माण सम्पन्न हुने भवनमा ६८ व्यवसायिक सटर रहनेछन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ८ : ५१ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट