रक्सी पिउँदा श्रीमतीको उजुरी, पतिले तिरे ३ हजार जरिवाना | Khabarhub Khabarhub

रक्सी पिउँदा श्रीमतीको उजुरी, पतिले तिरे ३ हजार जरिवाना


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम-अछामको मंगलसैन नगरपालिकामा पतिले रक्सी सेवन गरेको उजुरी वडा कार्यालयमा दिएपछि पतिले तीन हजार जरिवाना तिरेका छन् ।

मङ्गलसैन नगरपालिका–१ का हर्क रानाले मदिरा सेवन गरेर घरमा तनाव दिन थालेपछि उनी पत्नी साबी रानाले वडा कार्यालयमा उजुरी गरिन् । श्रीमतीले उजुरी गरेपछि हर्कले तीन हजार जरिवाना तिरे ।

आफूले मदिरा सेवन गरेवापत श्रीमतीकै उजुरीले जरिवाना तिरेर सामाजिक रूपमा लज्जित भएपछि मदिरा सेवन गर्न छाडिदिएको हर्क बताउँछन् ।

कारवाही पर्नुअघि दिनभर मदिरामा लठ्ठिरहने उनी दुई महीनायता घरायसी र बाह्य काममा समेत सक्रिय छन् । “मदिराकै कारण श्रीमतीले उजुरी गरेर मलाई बेइज्जत गराइन्, स्वास्थ्यमा पनि समस्या हुने, आर्थिकरूपमा पनि एक वर्षको अवधिमा रु एक लाख ४० हजार मदिरामै सकियो होला”, रानाले भने, “अब त मदिरा सेवन गर्दिनँ ।” आफूले रक्सी छाडेपछि श्रीमती, छोराछोरी र समाजले पनि खुशी मनाएको उनको भनाइ छ । राना भन्छन्, “श्रीमतीको उजुरीपछि कारवाहीमा परेँ, सामाजिकरूपमा बदनाम भयो, अब कहिल्यै मदिरा सेवन गर्दिनँ ।”

मदिराले सामाजिक, आर्थिक, शारीरिक र मानसिक विकासमा बाधा पु¥याइरहेको भन्दै मङ्गलसैननगर र वडा नं १ कार्यालयले मदिरा व्यवस्थापनमा कडाइ गरेपछि महिला सबैभन्दा बढी खुशी छन् । घरायसी कामको बोझ, आर्थिक समस्या, त्यसमाथि हरेक पुरुषले मदिरा सेवन गरेर तनाव दिँदा आजित महिलाले मदिरा व्यवस्थापन मात्रै नभई मदिरा बन्द गर्नुपर्ने माग गरिरहेका छन् ।

नगरपालिकाले नगर क्षेत्रभित्र बिहान सूर्योदयदेखि बेलुका सूर्यास्त नहँुदासम्म मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध गर्ने निर्णय गरेमुताविक वडाले निर्णयलाई कडाइका साथ कार्यान्वयन गरेपछि मदिरा व्यवस्थापन कार्य प्रभावकारी भएको छ ।

नगरपालिकाका १४ वटै वडामध्ये वडा नं १ ले मदिरा व्यवस्थापनमा नमूना काम गरेको भन्दै वडाका सरोकारवाला पनि खुशी छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  १० : ४७ बजे

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि