मेलेम्ची अयोजनामा ठेकेदारको विषयले विवाद, मन्त्री मगरले गरिन् सचिवको सरुवा « Khabarhub

मेलेम्ची अयोजनामा ठेकेदारको विषयले विवाद, मन्त्री मगरले गरिन् सचिवको सरुवा


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी परियोजनामा पुरानै ठेकेदार कम्पनी सीएमसीलाई निरन्तरता दिने विषयको विवादले खानेपानी मन्त्रालयका सचिवकै सरुवा भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद वैठकले खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरलाई सरुवा गर्ने निर्णय गरेको हो ।

ठाकुरले मेलम्ची खानेपानी आयोजना छाडेर ‘भागेको’ इटालियन ठेकेदार कम्पनी सीएमसीको सट्टा नेपाली ठेकेदारलाई ल्याउनुपर्नेमा जोड दिँदै आएका थिए । खानेपानी मन्त्री बिना मगरले भने समयमै आयोजना सम्पन्न गर्न पुरानै ठेकेदार कम्पनी सीएमसीलाई काममा फर्काउन जोड दिँदै आएकी थिइन् ।

खानेपानी मन्त्रालय स्रोतका अनुसार सीएमसीलाई फर्काने विषयमा विवाद बढेपछि मन्त्री मगरले सचिव ठाकुरको सरुवा गरेकी हुन् ।

सचिव ठाकुरले आफ्नो सरुवा भएको जानकारी आएको बताए । ‘मैले टेलिफोनमार्फत मेरो सरुवा भएको भन्ने जानकारी पाएको छु,’ खबरहबसँगको कुराकानीमा सचिव ठाकुरले भने, ‘कुहाँ सरुवा गरिएको भन्ने विषयमा केही जानकारी पाएको छैन ।’

‘मेलम्चीको मुख्य ठेकेदार कम्पनी सीएमसीको विषयमा तपाईं र मन्त्रीबीच विवाद थियो, यही विवादकै कारण तपाईंको सरुवा भएको हो ?’ खबरहबले सोधेको प्रश्नमा ठाकुरले भने, ‘सीएमसीलाई फर्काएर ल्याउँदा मुलुकलाई ७–८ अर्ब घाटा हुने देखिन्छ । सीएमसीले सम्झौतामा उल्लेख नै नभएको ३ अर्ब रुपैयाँ मागिरहेको छ । यी सबै कारण मैले सीएमसीलाई फर्काउनु हुँदैन भनेको थिए । तर, यसैका कारण मेरो सरुवा भएको होला जस्तो त लाग्दैन ।’

सचिव ठाकुरले मेलम्ची खानेपानी आयोजनालाई समयमै सम्पन्न गर्न नेपाली ठेकेदारमार्फत बाँकी रहेको काम सम्पन्न गराउनुपर्ने बताए । ‘सीएमसीले धेरै पटक हामीलाई धोका दिइसकेकाले अबको काम नेपाली ठेकेदारमार्फत नै गर्न सकिन्छ भन्ने मेरो निष्कर्श हो,’ सचिव ठाकुरले भने, ‘अब म मन्त्रालयमै नरहेपछि यसलाई कार्यान्वयन गर्ने विषयमा मेरो भूमिका हुँदैन । अब सरकारले उपयुक्त लागेको निर्णय गर्ला ।’

मन्त्री मगरका निजी सचिव विजयदेव भट्टराईले सोमबार बसेको मन्त्रिपरिषदको वैठकले सचिव ठाकुरको सरुवा गर्ने निर्णय गरेको बताए । मन्त्री र सचिवबीचको विवादबारे आफूलाई केही जानकारी नभएको भट्टराईको भनाइ छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ३ : १४ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री