खेलकुद विश्वविद्यालय स्थापना गर्ने  सरकारको योजना  | Khabarhub Khabarhub

खेलकुद विश्वविद्यालय स्थापना गर्ने  सरकारको योजना 


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकमा खेलकुद विश्वविद्यालयको अपरिहार्यता रहेका भन्दै सरकार खेलकुद विश्वविद्यालयको स्थापना गर्ने योजनामा रहेको जानकारी दिएका छन् । खेल प्रशिक्षक, कोच लगायतका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि खेलकुद विश्वविद्यालय स्थापना गर्ने योजना सरकारले बनाएको जानकारी दिएका हुन् ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले सो विश्वविद्यालय स्थापना गर्न युवा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा अध्ययन कार्यदल नै गठन गरिएको पनि जानकारी दिए । मन्त्री विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि ३ वर्ष भित्र काठमाडौं उपत्यका भित्र अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि जनाए ।

त्यसका लागि जग्गा प्राप्तीको कामलाई अघि बढाएको मन्त्री विश्वकर्मा बताए । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत् सो रंगशाला निर्माणका लागि जग्गा प्राप्तीको कामलाई अघि बढाएको छ । मन्त्री विश्वकर्माले सबै प्रदेशमा आधुनिक सुविधासम्पन्न रंगशाला निर्माणका लागि आवश्यक योजना पनि तय गरिएको जानकारी दिए । सरकारले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता समयमै सम्पन्न हुने गरी कामलाई अघि बढाएको दावी पनि गरे ।

बैठकमा बोल्दै समितिका सदस्यहरुले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य जीवनराज श्रेष्ठले बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन नसकेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन सरकारसँग माग गरे ।

समितिका अर्का सदस्य मानबहादुर विश्वकर्माले खेलाडीको छनोट निष्पक्ष ढंगले गर्न सरकारलाई सचेत गराए । उनले प्रतिभाशाली खेलाडीहरुलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदको क्षेत्रमा फड्को मार्ने पनि स्पष्ट पारे । विश्वकर्माले सरकारले प्रतिभाशाली खेलाडीहरुलाई खेल खेल्न उचित वातावरण बनाउन नसकेको आरोप पनि लगाए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  १० : ५१ बजे

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

काठमाडौं– मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि

आन्दोलनबारे छलफल गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बुधबार मानव अधिकार आयोगका अध्यक्ष

रोकिएन नर्सहरूको आन्दोलन, आज देशभरका स्वास्थ्य संस्थामा २ घण्टा सेवा बन्द 

काठमाडौं– देशभरीका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा कार्यरत नर्सहरूले बुधबार

दाङखोलामा अलपत्र पुल बनाउन दबाब

म्याग्दी– दाङखोलामा ठेक्का सम्झौता भएको छ वर्षसम्म पनि निर्माण सुरु