पाँच दिन वितिसक्दा रविसँग प्रहरीले किन लिएन वयान ? | Khabarhub Khabarhub

पाँच दिन वितिसक्दा रविसँग प्रहरीले किन लिएन वयान ?


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– टेलिभिजन पत्रकार रवि लामिछाने यतिवेला जिल्ला प्रहरी कार्यालय चितवलनको हिरासतमा रहेका छन् ।

बिहीवार काठमाडौंस्थित न्यूज २४ को कार्यालयबाट पक्राउ गरि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवन पुर्‍याइएको थियो ।

पूर्व सहकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणमा छानविन गर्न भन्दै प्रहरीले लामिछानेसहित तीन जनालाई हिरासतमा राखेको छ । विहीबार चितवन पुर्या‍इएका उनीहरुमाथिको अनुसन्धानमा थप समय आवश्यक रहेको भन्दै प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले शुक्रवार थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।

तर, हिरासतमा रहेका लामिछानेसँग प्रहरीले कुनै सोधपुछ र बयान नलिएको समाचार बाहिरिएको छ ।

शालिकराम पुडासैनीले मृत्यु अघि रेकर्ड गरेको भनिएको भिडियोमा आफूले रविसहित अन्य तीन जनाको दवावका कारण आत्महत्या गरेको बताएका थिए ।

मृत्यु अघि गरिने यस्तो घोषणालाई कानूनी भाषामा ‘डाइङ डिक्लिरेसन’ भन्ने गरिन्छ । मृत्यु अघि मानिसले झुटो बोल्दैन भन्ने कानूनी सिद्धान्तका आधारमा त्यसस्ता घोषणाहरुलाई प्रमाणको रुपमा अदालतले प्रयोग गर्ने गरेको छ ।  तर, यसरी गरिएका घोषणाको छानवीन, जाँच, वयान महत्वपूर्ण मानिन्छ ।

शालिकराम पुडासैनीले रेकर्ड गरेको उक्त भिडियोका आधारमा रविसहितका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपनि उक्त भिडियोमा भनिएको आधारमा रविमाथि प्रहरीले कुनै वयान नलिएको पाइएको हो ।

यसरी बाहिरियो कुरा

लामिछाने पाँच दिनदेखि चितवन प्रहरीको हिरासतमा राखिएका छन् । अब प्रहरीले उनलाई भोलि अदालतमा पेश गर्ने छ ।

उनी हिरासतमा रहेको समयमा कांग्रेसका नेता दिलेन्द्र बडु, रवि समर्थकको तर्फबाट रमेश प्रसाई लगायतले हिरासतमा पुगेर भेटेका छन् र रविले आफ्ना सुभेच्छुक र समर्थकलाई भनेका कुरा बाहिरिएका छन् ।

आफू न्यायको पक्षमा रहेको र प्रहरी अनुसन्धानमा सहयोग गर्न तयार रहेको उनले बताउँदै आएका छन् ।

लामिछानेले प्रसाईसँगको कुराकानीका क्रममा आफ्नो समर्थनमा भएको आन्दोलनमा कुनै राजनीतिक दलको झण्डाको प्रयोग नगर्न र प्रहरीमाथि ढुंगामुढा नगर्न आग्रह गरेका थिए । तर उनले भने अनुसारका गतिविधि भने उनका समर्थकले गरेका छैनन् । प्रहरीसँग रविका समर्थकको झडप भएको छ । प्रदर्शनकारीले प्रहरीको भ्यान फोडेका छन् ।

यसैबीचमा आइतवार नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले हिरासतमा रहेका रवि लामिछानेलाई भेटेका छन् ।

त्यसक्रममा लामिछानेले आफू निष्पक्ष छानविनमा सघाउन तयार रहेको बताएका थिए । तर अहिलेसम्म प्रहरीले आफूसँग घटनाबारे कुनै वयान नलिएको बताएको काफ्लेले जानकारी दिए ।

प्रहरीले हिरासतमा राखेको र आरोपी व्यक्तिसँग घटनाको बारेमा वयान लिने गर्छ र सरकारी वकिललाई उक्त वयान, घटनास्थल प्रकृति मुचुल्का, लाशा जाँच प्रकृति मुचुल्का, विभिन्न व्यक्तिको वयान लगायतका विवरणसहितको फाइल पेश गर्छ । जसको आधारमा सरकारी वकिलले अदालतमा मुद्दाबारे बहस गर्ने गर्छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ४२ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन