पाँच दिन वितिसक्दा रविसँग प्रहरीले किन लिएन वयान ? « Khabarhub

पाँच दिन वितिसक्दा रविसँग प्रहरीले किन लिएन वयान ?


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– टेलिभिजन पत्रकार रवि लामिछाने यतिवेला जिल्ला प्रहरी कार्यालय चितवलनको हिरासतमा रहेका छन् ।

बिहीवार काठमाडौंस्थित न्यूज २४ को कार्यालयबाट पक्राउ गरि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवन पुर्‍याइएको थियो ।

पूर्व सहकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणमा छानविन गर्न भन्दै प्रहरीले लामिछानेसहित तीन जनालाई हिरासतमा राखेको छ । विहीबार चितवन पुर्या‍इएका उनीहरुमाथिको अनुसन्धानमा थप समय आवश्यक रहेको भन्दै प्रहरीले जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले शुक्रवार थप अनुसन्धानका लागि भन्दै प्रहरीलाई पाँच दिनको समय दिएको थियो ।

तर, हिरासतमा रहेका लामिछानेसँग प्रहरीले कुनै सोधपुछ र बयान नलिएको समाचार बाहिरिएको छ ।

शालिकराम पुडासैनीले मृत्यु अघि रेकर्ड गरेको भनिएको भिडियोमा आफूले रविसहित अन्य तीन जनाको दवावका कारण आत्महत्या गरेको बताएका थिए ।

मृत्यु अघि गरिने यस्तो घोषणालाई कानूनी भाषामा ‘डाइङ डिक्लिरेसन’ भन्ने गरिन्छ । मृत्यु अघि मानिसले झुटो बोल्दैन भन्ने कानूनी सिद्धान्तका आधारमा त्यसस्ता घोषणाहरुलाई प्रमाणको रुपमा अदालतले प्रयोग गर्ने गरेको छ ।  तर, यसरी गरिएका घोषणाको छानवीन, जाँच, वयान महत्वपूर्ण मानिन्छ ।

शालिकराम पुडासैनीले रेकर्ड गरेको उक्त भिडियोका आधारमा रविसहितका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपनि उक्त भिडियोमा भनिएको आधारमा रविमाथि प्रहरीले कुनै वयान नलिएको पाइएको हो ।

यसरी बाहिरियो कुरा

लामिछाने पाँच दिनदेखि चितवन प्रहरीको हिरासतमा राखिएका छन् । अब प्रहरीले उनलाई भोलि अदालतमा पेश गर्ने छ ।

उनी हिरासतमा रहेको समयमा कांग्रेसका नेता दिलेन्द्र बडु, रवि समर्थकको तर्फबाट रमेश प्रसाई लगायतले हिरासतमा पुगेर भेटेका छन् र रविले आफ्ना सुभेच्छुक र समर्थकलाई भनेका कुरा बाहिरिएका छन् ।

आफू न्यायको पक्षमा रहेको र प्रहरी अनुसन्धानमा सहयोग गर्न तयार रहेको उनले बताउँदै आएका छन् ।

लामिछानेले प्रसाईसँगको कुराकानीका क्रममा आफ्नो समर्थनमा भएको आन्दोलनमा कुनै राजनीतिक दलको झण्डाको प्रयोग नगर्न र प्रहरीमाथि ढुंगामुढा नगर्न आग्रह गरेका थिए । तर उनले भने अनुसारका गतिविधि भने उनका समर्थकले गरेका छैनन् । प्रहरीसँग रविका समर्थकको झडप भएको छ । प्रदर्शनकारीले प्रहरीको भ्यान फोडेका छन् ।

यसैबीचमा आइतवार नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले हिरासतमा रहेका रवि लामिछानेलाई भेटेका छन् ।

त्यसक्रममा लामिछानेले आफू निष्पक्ष छानविनमा सघाउन तयार रहेको बताएका थिए । तर अहिलेसम्म प्रहरीले आफूसँग घटनाबारे कुनै वयान नलिएको बताएको काफ्लेले जानकारी दिए ।

प्रहरीले हिरासतमा राखेको र आरोपी व्यक्तिसँग घटनाको बारेमा वयान लिने गर्छ र सरकारी वकिललाई उक्त वयान, घटनास्थल प्रकृति मुचुल्का, लाशा जाँच प्रकृति मुचुल्का, विभिन्न व्यक्तिको वयान लगायतका विवरणसहितको फाइल पेश गर्छ । जसको आधारमा सरकारी वकिलले अदालतमा मुद्दाबारे बहस गर्ने गर्छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ४२ बजे

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै