रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो « Khabarhub

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग मंगलबार भएको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले गलत अर्थ लाग्ने गरी प्रचार गरेको गुनासो गरेकी छन् ।

मंगलबार बिहान १० बजेदेखि साढे ११ बजेसम्म भएको उक्त भेटमा भएको संवादलाई आफूअनुकुलको व्याख्यासहित झाले गलत प्रचार गरेको भण्डारीको सचिवालयले जनाएको छ।

स्वकीय सचिव राजकुमार राईका अनुसार पूर्वराष्ट्रपतिले विभिन्न राजनीतिक दलका नेताहरू र समाजका अगुवाहरूसँग नियमित भेट, संवाद र छलफल गरिरहेकी छन् ।

त्यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता झाले समय मागेर मंगलबार भेटेका थिए । भेटवार्ताका क्रममा भएका संवादलाई आफूअनुकुल व्याख्या र अतिरञ्जना गरेको भन्दै झासँग पूर्वराष्ट्रपति रिसाएकी हुन् ।

सहकारी ठगीमा हाल जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेका सन्दर्भमा सरकारले राजनीतिक पूर्वाग्रह राखेको भनेर भण्डारीले बताएको भन्दै झाले सञ्चारकर्मीलाई जानकारी दिएका थिए । तर पूर्वराष्ट्रपतिले उक्त कुरा नबोलेको भन्दै सचिवालयले खण्डन गरेको छ।

बरू उक्त भेटका क्रममा पूर्वराष्ट्रपतिले आफू छलफलकै चरणमा रहेकाले एमालेको भदौ २०-२२ को दोस्रो विधान महाधिवेशन पनि हेर्ने बताएकी थिइन् । उनले आफू प्रदेश यात्रामा पनि रहेकाले अब मधेश र सुदूरपश्चिम पनि जाने उल्लेख गरेकी थिइन् ।

मनिष झासहित भंगालमा पुग्नेहरूले उनलाई ‘अब के गर्नुहुन्छ ? विधान महाधिवेशनमा के गर्नु हुन्छ ?’ भनेर सोधेका थिए । उनले जवाफमा भनेकी थिइन्, ‘एमालेले विधान महाधिवेशन गर्दैछ, त्यो हेर्छु । अहिले म छलफलकै क्रममा छु । प्रदेशतिर संवादका लागि जान्छु ।’

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ७ : २४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका