नेयमारविना मैदानमा उत्रिएको पीएसजी पराजित « Khabarhub

नेयमारविना मैदानमा उत्रिएको पीएसजी पराजित


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्टार खेलाडी नेयमारविना मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) रेनेससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेनेससँग २–१ को अप्रत्यासित हार ब्यहोरेको हो ।

घरेलु मैदानमा रेनेसको जितका लागि मबय नियाङ्ग र रोमेन डेल क्यासटिलोले गोल गर्दा पीएसजीका लागि एडिन्सन काभानीले एक गोल गरे । खेलमा अग्रता भने पीएसजीले लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा पीएसजी पराजति भएको हो ।

खेलको ३६ औं मिनेटमा काभानीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिन मात्र एक मिनेट बाँकी रहँदा नेरेसका मबय नियाङ्गले गाल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा एक गोल थप गर्ने अक्रममा खेलको ४८ औं मिनेटमा रोमेन डेलले गोल गर्दै रेनेसलाई २–१ को जित दिलाए । यस पराजितसँगै पीएसजीले दुई खेलमा ३ अंक जोडेको छ । रेनेस दुई खेलमा ६ अंक सहित तस्रो स्थानमा छ ।

गत सिजन पीएसजीले लिगका मात्र ५ खल गुमाएको थियो । तर, यस सिजन सुरुवाती दोस्रो खेलमा नै पराजित हुन पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ५० बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको