नेयमारविना मैदानमा उत्रिएको पीएसजी पराजित | Khabarhub Khabarhub

नेयमारविना मैदानमा उत्रिएको पीएसजी पराजित


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्टार खेलाडी नेयमारविना मैदान उत्रिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) रेनेससँग पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेनेससँग २–१ को अप्रत्यासित हार ब्यहोरेको हो ।

घरेलु मैदानमा रेनेसको जितका लागि मबय नियाङ्ग र रोमेन डेल क्यासटिलोले गोल गर्दा पीएसजीका लागि एडिन्सन काभानीले एक गोल गरे । खेलमा अग्रता भने पीएसजीले लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा पीएसजी पराजति भएको हो ।

खेलको ३६ औं मिनेटमा काभानीले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफ सकिन मात्र एक मिनेट बाँकी रहँदा नेरेसका मबय नियाङ्गले गाल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफमा एक गोल थप गर्ने अक्रममा खेलको ४८ औं मिनेटमा रोमेन डेलले गोल गर्दै रेनेसलाई २१ को जित दिलाए । यस पराजितसँगै पीएसजीले दुई खेलमा ३ अंक जोडेको छ । रेनेस दुई खेलमा ६ अंक सहित तस्रो स्थानमा छ ।

गत सिजन पीएसजीले लिगका मात्र ५ खल गुमाएको थियो । तर, यस सिजन सुरुवाती दोस्रो खेलमा नै पराजित हुन पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ५० बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले