आजबाट नेपालमा एभिसि सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप « Khabarhub

आजबाट नेपालमा एभिसि सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा आजबाट एभिसि सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप शुरु हुँदैछ ।

एसियन भलिबल संघको संयोजन तथा नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा आयोजक नेपालसहित ७ देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, तुर्किमीनिस्तान, अफगानिस्तान, उज्वेकिस्तान, बंगलादेश र माल्दिभ्स रहेका छन् ।

प्रतियोगिताको लगनखेलस्थित आर्मीको शारिरिक तथा खेलकुद केन्द्रको कर्भडहलमा हुनेछ । प्रतियोगिताका सात टोलीलाई ए र बी गरी दुई समूहमा विभाजन गरिएको छ । जसमा एक समूहमा ४ टोली र अर्को समूहमा ३ टोली रहेका छन् । नेपाल रहेको समूह बी मा माल्दिभ्स र किर्गिस्तान रहेका छन् ।

५ औं संस्करणको प्रतियोगितामा आयोजक तथा घरेलु टोलीले स्वर्णको लक्ष्य राखेको छ । नेपालले केही दिन अगाडि एभिसिका लागि नेपाल आएको अफगानिस्तान भलिबल टोलीसँग २ खेलको मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा नेपालले दुवै खेल जित्दै आफ्नो राम्रो संकेत देखाइसकेको छ ।

मैत्रीपूर्ण खेलमा राम्रो नतिजा हात पारेको नेपाली टोली घरेलु दर्शकको साथमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको छ । नेपाली टोली पछिल्लो २ महिना डच प्रशिक्षक हान एविङको नेर्ततवमा अभ्यासमा रहेको छ ।जसमा नेपालले आफ्नो कमीकमजोरीलाई नियाल्दै राम्रो नतिजा निकाल्ने गरि अभ्यास गरेको प्रशिक्षक एविङले बताएका छन् ।

अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलले पनि नेपाली टोली बलियो अवस्तामा पुगेको देखाइसकेको छ । एभीसीमा घरेलु टोलीको समूहमा तीन टिममात्रै रहेका कारण एक खेलमा फराकिलो जीत हात पार्ने सके पनि सेमिफाइनलमा स्थान बनाउने सम्भावना रहेको छ । तर, दुवै टोली तुलनात्मक रुपमा नेपालभन्दा बलियो रहेको प्रशिक्षक जगदिश भट्ट बताउँछन् ।

‘नेपालभन्दा किर्गिस्तान र माल्दिभ्स तुलनात्मक रुपमा शारिरिक र मानसिक रुपमा बलियो देखिन्छ तर, हामीले पनि राम्रो टिम बनाएका छौं । आशा छ प्रतियोगितामा राम्रो शुरुवात गर्न सक्ने छौं,’ भट्टले भने ।

नेपालले एभिसी सेन्ट्रल जोनमा अहिलेसम्म कास्य पदक उचालेको छ । विसं २०७३ मा माल्दिभ्समा भएको एभिसीमा नेपालले पहिलो उपाधि हात पारेको थियो । तर, घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा यो भन्दा राम्रो नतिजाको अपेक्षा गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा सोमबार बिहान दश बजे तुर्किमिनिस्तान र अफगानिस्तान भिड्नेछन् भने दिउँसो चार बजेको खेदमा नेपालले किर्गिस्तानसँग खेल्ने छ। यस्तै नेपालले समूहको आफ्ना दोस्रो खेल माल्दिभ्ससँग बुधबार दिउँसो पाँच बजे खेल्नेछ ।

प्रतियोगिता भदौ ८ गते सम्पन्न हुनेछ । विजेता टोलीले स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने भलिबल संघले बताएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ५१ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

निर्वाचनमा एक मतान्तरले समेत जित–हार तय हुन्छ । जसकारण निर्वाचन

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन