नेपाल पुनर्बीमा कम्पनीको सेवा नेपालबाहेक ३० देशमा विस्तार « Khabarhub

नेपाल पुनर्बीमा कम्पनीको सेवा नेपालबाहेक ३० देशमा विस्तार


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुनर्बीमा कम्पनीले नेपाल बाहेक ३० वटा देशबाट आफनो सेवा विस्तार गरेको छ । नेपाल पुनर्बीमा कम्पनी हाल ३० देशबाट पुनर्बीमासम्बन्धी काम गरिरहेको अण्डरराईटिङ शाखाले जानकारी दिएको छ ।

पुनर्बीमा कम्पनीको व्यापार बिस्तार ३० वटा देशमा फैलिईसकेको शाखाले जनाएको छ । ३० वटा देशहरुबाट धेरै वा थोर पुनर्बीमाको कारोबार भइरहेको शाखाको भनाइ छ । नेपालमा अहिलेसम्म एउटा मात्रै पुनर्बीमा कम्पनी छ ।

नेपालमा पुनर्बीमा कम्पनी नहुँदा भारत वा तेस्रो देशमा रहेका पुनर्बीमा कम्पनीहरुसँग सहकार्य गरेर नेपाली बीमा कम्पनीहरुले काम गदै आएको थिए । विस २०७१ कार्तिकमा नेपालमा पुनर्बीमा कम्पनीको स्थापना भएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीका अनुसार बगंलादेश, कम्बोडिया, बहराईन, भुटान, क्याम्रोन, दुवई, घाना, ग्यूनिया, भारत, इभेरी कोस्ट, केन्या, कुवेत, मलेसिया, मंगोलिया, म्यानमार, ओमान, पाकिस्तान, भेनेजुयुला, प्लेस्टाईन, भियतनाम र यमन, टर्की, तुर्मे्किस्तान, नाईजेरिया, पपुवान्यूगिनी गरी ३० वटा देशहरुका बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गराएका छन् ।

नेपाली बीमा कम्पनीहरुले अझै पनि पुनर्बीमा गराउनको लागि विदेशी कम्पनीमा जाने गरेका छन् । बीमा समितिको प्रावधान अनुसार बीमा कम्पनीहरुले आफूले गरेको बीमाको २० प्रतिशतको जोखिम बहनका लागि अर्को कम्पनीमा पुनर्बीमा गराउनुपर्ने व्यवस्था छ । हवाइ र इन्धनसँग सम्बन्धित क्षेत्रको भने अन्य देशका पुनर्बीमा कम्पनीबाट बीमा गराउँदै आएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ११ : ५१ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी