ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने प्रचण्डको संकेत | Khabarhub Khabarhub

ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने प्रचण्डको संकेत


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले जनताबाट प्राप्त जनादेशअनुसार ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने अभिव्यक्ति दिएर ओली नेतृत्वको वर्तमान सरकार फेरिन सक्ने संकेत गरेका हुन् ।

सोमबार जनकपुर पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ५ वर्षसम्म नेकपाकै सरकार रहेपनि व्यक्ति फेरिन सक्ने बताएका हुन् ।

आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले अर्को चुनावसम्मका लागि आफू नै प्रधानमन्त्री रहने दृढता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले अर्को चुनावपछि आफूलाई पनि पदमा बसिरहन रहर नभएको भन्दै त्यतिबेलासम्म धेर्य गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ११ : ३७ बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको