ज्ञानेन्द्र मल्लको बिगत– फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ « Khabarhub

ज्ञानेन्द्र मल्लको बिगत– फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेँ


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– ‘जब मैले बच्चादेखि नै क्रिकेट खेल्न शुरु गरेँ मलाई आज यो अवस्थामा आइपुग्छु भन्ने लागेकै थिएन,’ तनहुँको व्यास नगरपालिकाका युवामाझ आफ्नो अनुभव सुनाउँदै नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले भने, ‘सानैदेखि क्रिकेट एकदमै मन पर्थ्यो , क्रिकेट खेल्दाखेल्दै आजको अवस्थामा आइपुगेको हुँ ।’

उपकप्तान मल्लले शुरुआती चरणमा फाटेको गोल्डस्टार जुत्ता लगाएर क्रिकेट खेलेको अनुभव सुनाए । ‘आज म जुन स्थानमा छु, त्यो सबै सफलता क्रिकेटबाट प्राप्त गरेको हुँ,’ उनले भनु, ‘जति दिन क्रिकेट खेल्छु, पूर्ण आत्मविश्वासका साथ खेल्छु ।’

ब्यास नगरपालिकाले युवा परिषद्का सदस्यका लागि आइतबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उपकप्तान मल्लले परिश्रम र लगावले नै मानिसलाई सफल बनाउने बताए । ‘जो व्यक्तिले परिश्रम गर्छ त्यो व्यक्ति सधँै सफल हुनेमा कुनै द्विविधा छैन,’ उनले भने । नेपाली क्रिकेट टोलीको सवल पक्षका बारेमा सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै मल्लले एकता नै नेपाली क्रिकेट टोलीको सवल पक्ष रहेको बताए ।

राष्ट्रिय टोलीको कप्तान हुन मन लाग्दैन ? भन्ने प्रश्नको जिज्ञासा मेटाउँदै उपकप्तान मल्लले भने, ‘त्यस्तो भावना कहिल्यै पनि आएन, सधैँ एउटाले मात्रै पद लिएर बस्ने होइन, बरु अरु साथिलाई त्यो स्थानसम्म पु¥याउन पाए मलाई खुशी लाग्छ ।’

कार्यक्रममा राष्ट्रिय महिला धावक मिरा राईलेसमेत आफ्नो अनुभव सुनाएकी थिइन् । गरीब परिवारमा जन्मिएर पूर्व लडाकु हुँदै दौडमार्फत नेपालको नाम विश्वमाझ चिनाउन पाउँदा आफूलाई गर्व लाग्ने गरेको उनको भनाइ थियो ।

परिषद्का ४० सदस्य सहभागी उक्त अभिमुखीकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, कान्तिपुर टेलिभिजनका कार्यक्रम प्रस्तोता सविना कार्की, मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङ, युवा अभियन्ता सचिन तिमिल्सेना, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतले आ–आफ्नो अनुभव सुनाएका थिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अभिमुखीकरणपश्चात् नगरपालिकाका लागि जागरुक युवा तयार भएको बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १ : १० बजे

भूमिहीन र सुकुम्वासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर