चितवनमा जहाँपनि जुलुस निकाल्न नपाइने, निषेधित क्षेत्र घोषणा « Khabarhub

चितवनमा जहाँपनि जुलुस निकाल्न नपाइने, निषेधित क्षेत्र घोषणा


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

विहीवारदेखि दैनिकजसो प्रदर्शन, ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले चितवनको भरतपुरस्थित चौबिसकोठीदेखि मालपोचतोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

उक्त क्षेत्रमा नारा जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लागएको छ । प्रशासनले निषेधित गरेको क्षेत्रमा अस्पताल, कार्यालय, कलेजहरु रहेको र संवेदनशिल क्षेत्र भएको र दैनिक नारावाजी र जुलुस हुँदा असर गरेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

साउन २० गते चितवनको कंगारु होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेसँगै चितवनमा दैनिक जसो प्रदर्शन भइरहेको छ ।

रविका समर्थकहरुले लामिछानेलाई फसाउन खोजेको भन्दै प्रहरी प्रशासन विरुद्ध नारावाजी र प्रदर्शन गरिरहेका छन् । प्रदर्शंनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा केही प्रहरी घाइते भएका छन् भने प्रहरीले लाठी चार्ज गर्दा आन्दोलनकारी पनि घाइते भएका छन् ।

आन्दोलनकारीको ढुंगामुढाका कारण शनिवार प्रहरीको भ्यानमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १ : २० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद