चितवनमा जहाँपनि जुलुस निकाल्न नपाइने, निषेधित क्षेत्र घोषणा « Khabarhub

चितवनमा जहाँपनि जुलुस निकाल्न नपाइने, निषेधित क्षेत्र घोषणा


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

विहीवारदेखि दैनिकजसो प्रदर्शन, ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले चितवनको भरतपुरस्थित चौबिसकोठीदेखि मालपोचतोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।

उक्त क्षेत्रमा नारा जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लागएको छ । प्रशासनले निषेधित गरेको क्षेत्रमा अस्पताल, कार्यालय, कलेजहरु रहेको र संवेदनशिल क्षेत्र भएको र दैनिक नारावाजी र जुलुस हुँदा असर गरेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ ।

साउन २० गते चितवनको कंगारु होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेसँगै चितवनमा दैनिक जसो प्रदर्शन भइरहेको छ ।

रविका समर्थकहरुले लामिछानेलाई फसाउन खोजेको भन्दै प्रहरी प्रशासन विरुद्ध नारावाजी र प्रदर्शन गरिरहेका छन् । प्रदर्शंनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा केही प्रहरी घाइते भएका छन् भने प्रहरीले लाठी चार्ज गर्दा आन्दोलनकारी पनि घाइते भएका छन् ।

आन्दोलनकारीको ढुंगामुढाका कारण शनिवार प्रहरीको भ्यानमा क्षति पुगेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १ : २० बजे

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा