पत्रकार पुडासैनी मृत्यु प्रकरण– ‘अत्महत्या’ अगाडि ५ मिटर डोरी किनेको पसल भेटियो ! « Khabarhub

पत्रकार पुडासैनी मृत्यु प्रकरण– ‘अत्महत्या’ अगाडि ५ मिटर डोरी किनेको पसल भेटियो !


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको नारायणगढस्थित होटल कंगारुपमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एक अधिकारीका अनुसार पत्रकार पुडासैनीले साउन २० गते नारायणगढ बसपार्ककै एक होलसेल पसलबाट ५ मिटर डोरी किनेका थिए ।

प्रहरीका अनुसार पुडासैनीले डोरी किनेको सीसीटिभी फुटेज नै फेला परेको छ । प्रहरीले उक्त पसलको सीसीटीभी फुटेज लिएर थप अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार पुडासैनीले लुगा सुकाउनका लागि भन्दै पसलबाट ५ मिटर डोरी किनेर लगेको पसल सञ्चालकले बयान दिएका छन् ।

‘पसलबाट डोरी किनेको सीसीटिभी फुटेज नै भेटिएको छ, यससन्दर्भमा थप अनुसन्धान भइरहेको छ,’ चितवन प्रहरीका एक अधिकारीले खबरहबसँग भने, ‘भिडियो फुटेजमा उनी केही बेरसम्म पसलमा बसेको र पसल सञ्चालकले कामदारलाई डोरी दिन भनेर पुडासैनीले प्लास्टिकको झोलामा डोरी राखेर लगेको देखिएको छ ।’

प्रहरीले गरेको सोधपुछका क्रममा सञ्चालकले लुगा सुकाउनका लागि भन्दै पुडासैनीले ५ मिटरजति डोरी मागेका थिए । तर, पसल सञ्चालक (महिला)ले यो होलसेल पसल हो, यहाँ ५ मिटर डोरी दिँदैनौ भन्दा पनि पुडासैनी अन्य पसलमा नगएको प्रहरी अधिकारीले जानकारी दिए ।

‘पसल सञ्चालकले होलसेल पसलमा ५ मिटर डोरी बेच्दैनौ भन्दा पनि उनी (पुडासैनी) अन्य पसलमा गएनन्, उनी त्यहाँ १० मिनेटभन्दा पनि बढी रोकिएपछि पसल सञ्चालकले अन्ततः ५ मिटर डोरी काटेर दिन कामदारलाई भनेको बयान दिएका छन्,’ खबरहबको सम्पर्कमा आएका चितवन प्रहरीका एक अधिकारीले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले सोही पसलबाट किनेको डोरीमा झुन्डिएर पुडासैनीले आत्महत्या गरेको जनाएको छ । ‘यस विषयमा अहिले पनि पूर्ण प्राविधिक रिपोर्ट आउन बाँकी छ, यद्यपि आत्महत्यामा त्यहि डोरी प्रयोग भएको देखिन्छ,’ ती प्रहरी अधिकारी भन्छन् ।

पत्रकार पुडासैनीको शवको पोस्टमार्ट रिपोर्ट पनि अहिले प्रहरीकहाँ पुगिसकेको छ । यद्यपि पोस्टमार्टम रिपोर्टमा भएको विषय भने प्रहरीले सार्वजनिक गर्न मानेको छैन ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १ : ३६ बजे

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा

भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवानपुर– बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक