भारतको महाराष्ट्रमा ट्रक र बस आपसमा ठोक्किदा १५ को ज्यान गयो « Khabarhub

भारतको महाराष्ट्रमा ट्रक र बस आपसमा ठोक्किदा १५ को ज्यान गयो


२ भदौ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा यात्रुबहाक बस र ट्रक आपसमा ठोक्किदा १५ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा अन्य ३५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा बसका चालक र कन्डक्टर पनि रहेको भारतीय प्रहरीले जनाएको छ ।

राज्यद्वारा सञ्चालित एक बस स्थानीय समयानुसार आइतबार राति ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको उक्त बसमा ५० जना यात्रु सवार रहेका थिए ।

प्रकाशित मिति : २ भदौ २०७६, सोमबार  ३ : ०६ बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले