माइक्रोवायोलोजीका विद्यार्थीलाई लाइसेन्स दिन परिषद्ले १५ दिनभित्रमा प्रक्रिया शुरु गर्ने « Khabarhub

माइक्रोवायोलोजीका विद्यार्थीलाई लाइसेन्स दिन परिषद्ले १५ दिनभित्रमा प्रक्रिया शुरु गर्ने


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाँसबारीमा रहेको नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा (सोमवार) बिहान १० बजेदेखि १ बजेसम्म तनावको अवस्था सिर्जना भयो ।

त्रिवि अन्तर्गतका विभिन्न क्याम्पसहरुमा माइक्रोवायोलोजी विषयमा अध्ययनरत विद्यार्थीहरुले अध्ययन पूरा गरेकाहरुलाई लाइसेन्स नदिएको भन्दै परिषद् घेराउ गर्न पुगेका थिए ।

नेपालकै शैक्षिक संस्थाहरुमा माइक्रोवायोलोजीमा स्नातकोत्तर उत्तिर्ण गरेकाहरुलाई लाइसेन्स दिनुपर्ने माग गर्दै काठमाडौंका विभिन्न क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुले दिउँसो एक बजेसम्म परिषद्को कार्यलयमा नाराबाजी गरे ।

त्रिवि अन्तर्गतका विभिन्न क्याम्पसहरुमा माइक्रोवायोलोजी अध्ययन गरेका करिव २५ सय विद्यार्थीले लाइसेन्स नपाउँदा आफ्नो योग्यता र दक्षता अनुसारको काम गर्न नपाएको भन्दै उनीहरुले परिषद् घेराउ गरेका हुन् ।

लामो समयदेखि लाइसेन्स पाउनुपर्ने माग गर्दै आन्दोलनरत विद्यार्थीले सोमबार परिषद्को कार्यलयमा तालाबन्दी गर्ने तयारी नै गरेका थिए । परिषद्मा तालाबन्दी गर्ने तयारी भएपनि परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले आन्दोलनरत संघर्ष समितिसँग छलफल गरेका थिए ।

परिषद्का अध्यक्ष रामप्रसाद भण्डारीले माइक्रोवायोलोजीमा स्नातकोत्तर अध्ययन पूरा गरेका विद्यार्थीलाई लाइसेन्स दिने व्यवस्थाका लागि १५ दिनभित्र प्रक्रिया शुरु गर्ने आसश्वासन दिएको सुक्ष्मजीव विज्ञान विद्यार्थी संघका सचिव गोपीराम स्याङ्तानले बताए ।

‘हामीले पढ्ने विषय र कानूनको विषयमा अध्ययन गरेर प्रतिवेदन नै बुझाइ, लाइसेन्स दिने प्रक्रिया शुरु गर्न आग्रह गरेका थियौं तर उहाँहरुले वेवास्ता गर्नुभयो,’ संघका सचिव स्याङ्तानले खबरहबसँग भने, ‘‘हामीले आज ३ घण्टासम्म परिषद्मा लाइसेन्स पाउनुपर्ने माग गर्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद् घेराउ गर्‍यौं, परिषद्मा ताला लगाउन लागेपछि ३ घण्टापछि वार्ता गर्नुभयो र १५ दिनभित्र पहल गर्ने सहमति भयो ।’

परिषद्का अध्यक्ष भण्डारीले आन्दोलनरत विद्यार्थीहरुसँग १५ दिनभित्रमा माइक्रोवायोलोजी अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि त्रिवि विज्ञान तथा अध्ययन संस्थानको डिपार्टमेन्ट अफ माइक्रोवायोलोजीका प्रमुख  र आन्दोलनरत विद्यार्थीको संघर्ष समितिका प्रतिनिधिसँग छलफल गरी समस्या समाधानको बाटो खोज्न लिखित प्रतिवद्धता जनाएका छन् ।

दुईपक्षबीच माइक्रोवायोलोजी अध्ययनरत विद्यार्थीलाई लाइसेन्स उपलब्ध गराउन पहल गर्ने सहमति भएपछि विद्यार्थीहरुले आफ्ना आन्दोलन स्थगत गरेका छन् ।

त्रिवि अन्तगर्ततका १० वटा क्याम्पसहरुबाट वार्षिक १ सय ५० जना विद्यार्थीहरु माइक्रोवायोलोजी अध्ययन पूरा गर्छन् । तर उनीहरुले परिषदबाट लाइसेन्स पाएका छैनन् । हालसम्म २५ सय विद्यार्थीहरुले सो विषयमा अध्ययन पूरा गरिसकेको सुक्ष्म जीव विज्ञान विद्यार्थी संघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

त्रिवि र स्वास्थ्य व्यवसायी परिषदको विवादका कारण माइक्रोवायोलोजी पढेका जनशक्ति बेरोजगार

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ४ : २२ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब