ट्राफिक प्रहरीविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता « Khabarhub

ट्राफिक प्रहरीविरुद्ध १ लाखको भ्रष्टाचार मुद्दा दर्ता


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कस्थित महानगरीय ट्राफिक प्रहरी बिटका ३ जना ट्राफिक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको घुससहित पक्राउ परेका ट्राफिक प्रहरी जवानहरुविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नयाँ बसपार्कस्थित ट्राफिक बिटमा कार्यरत प्रहरी जवान देबेन्द्र बलायर, आकाश खनाल, निरज भण्डारी, देवेन्द्र थापा र हिटलर साउद सेवाग्राहीसँग लिएको १ लाख घुससहित पक्राउ परेका थिए ।

अख्तियारका अनुसार उनीहरुले सवारी दुर्घटनाको प्रहरी रिपोर्ट बनाइदिने बहानामा १ लाख रुपैयाँ घुस लिएका थिए ।

अनुसन्धानका क्रममा प्रहरी जवानहरु देवेन्द्र बलायर, हिटल साउद र लोकेन्द्र थापाले घुस लिएको पुष्टि भएकाले सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले ३ जनाविरुद्ध १ लाख रुपैयाँ बिगो तथा जरिवाना र ६ महिनासम्म कैद सजाय माग दाबी गरेको छ ।

पक्राउ परेका अन्य २ जना प्रहरी जवान आकाश खनाल र निरज भण्डारी घुस लिने कार्यमा प्रत्यक्ष संलग्न रहेको नदेखिएको भन्दै उनीहरुलाई साक्षीका रुपमा मात्रै पेश गर्ने निर्णय भएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ४ : ३२ बजे

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली