चोरीमा संलग्न ४ जना पक्राउ « Khabarhub

चोरीमा संलग्न ४ जना पक्राउ


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– खनियावास गाउँपालिका-४ किङताङफेदीस्थित कस्मेटिक पसलबाट विभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने २२ वर्षीय केवल थापा मगर‚ १८ वर्षीय मिलन राना मगर‚ १८ वर्षीय मनिष थापा मगर र नेत्रावती डब्जोङ गाउँपालिका-१ बस्ने बर्दिया घर भएका २२ वर्षीय राजकुमार चौधरी रहेका छन् ।

२०७६ साउन २२ गते त्रिपुरासुन्दरी गाउँपालिका-६ आगिन्चोक बस्ने भिमसेन भण्डारीको कस्मेटिक पसलबाट नगद १० हजार रुपैयाँ‚ नेपाल टेलिकमको रिचार्ज कार्ड ५० दरको ३० थान‚ क्याप ६ पिस‚ रुमाल १० पिस‚ हापकट्टु ३ पिस‚ टिसर्ट ६ पिस‚ हेण्डीप्लास्ट टेप १ डिब्बा‚ ३ सय ५० दरको डिसहोमका रिचार्ज कार्ड ८ थान‚ एनसेलको १ सय दरको रिचार्ज कार्ड १५ थान लगायतका सामानहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पक्राउ परेकाहरु उपर चोरी मुद्दामा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : ३७ बजे

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना