पुडासैनी मृत्यु प्रकरणः निर्दोष नपरुन्, दोषी नछुटुन्– कांग्रेस « Khabarhub

पुडासैनी मृत्यु प्रकरणः निर्दोष नपरुन्, दोषी नछुटुन्– कांग्रेस


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पीडितलाई न्याय तथा निर्दोष नपरुन् र दोषी नछुटुन् भन्ने मान्यताका साथ छानविन गर्न माग गरेको छ ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै घटनाको गम्भीररुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन हुनु हुँदैन, विधिको शासन र स्वतन्त्र न्यापपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ छ ।’

कांग्रेसले चितवनको पछिल्लो जनप्रदर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको देखाएको पनि निष्कर्ष निकालेको छ । विज्ञप्तिमा पछिल्ला पदर्शनमा सरकार र सम्बन्धित निकायलाई सचेत रहन पनि अनुरोध गरिएको छ ।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा छानविनका लागि कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जनालाई पक्राउ गरेपछि रविका समर्थकहरुले चितवनमा आन्दोलन चर्काउँदै आएका छन् । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले आज निषेधित क्षेत्र जारी गरेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ३५ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र