पुडासैनी मृत्यु प्रकरणः निर्दोष नपरुन्, दोषी नछुटुन्– कांग्रेस « Khabarhub

पुडासैनी मृत्यु प्रकरणः निर्दोष नपरुन्, दोषी नछुटुन्– कांग्रेस


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पीडितलाई न्याय तथा निर्दोष नपरुन् र दोषी नछुटुन् भन्ने मान्यताका साथ छानविन गर्न माग गरेको छ ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै घटनाको गम्भीररुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन हुनु हुँदैन, विधिको शासन र स्वतन्त्र न्यापपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ छ ।’

कांग्रेसले चितवनको पछिल्लो जनप्रदर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको देखाएको पनि निष्कर्ष निकालेको छ । विज्ञप्तिमा पछिल्ला पदर्शनमा सरकार र सम्बन्धित निकायलाई सचेत रहन पनि अनुरोध गरिएको छ ।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा छानविनका लागि कार्यक्रम प्रस्तोता रवि लामिछाने लगायत तीन जनालाई पक्राउ गरेपछि रविका समर्थकहरुले चितवनमा आन्दोलन चर्काउँदै आएका छन् । स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले आज निषेधित क्षेत्र जारी गरेको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : ३५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको