रवि समर्थकको आन्दोलनप्रति नेकपा र कांग्रेसले के भने ? « Khabarhub

रवि समर्थकको आन्दोलनप्रति नेकपा र कांग्रेसले के भने ?


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणलाई लिएर मुलुक तातेको छ ।

अझ त्यो भन्दा पुडासैनीको मृत्यु अगाडि खिचिएको भनिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले पत्रकार रवि लामिछाने, युवराज कँडेल र अश्मिता कार्कीलाई पक्राउ गरेपछि चितवनमा दैनिक प्रदर्शन चर्किँदो छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन सोमबार स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नु परेको छ ।  पक्राउपछि अनुसन्धानका लागि थुनामा राखिएका तीनै जनासँग सरकारी वकिलको कार्यालयले सोमबार बयान समेत लिएको छ ।

अनुसन्धानकै लागि प्रहरीको टोली खटिरहेका बेला घटना संवेदनशील भएको भन्दै केन्द्रीय अनुसन्धान व्यूरोको टोली समेत चितवन पुगेर अनुसन्धानलाई अघि बढाएको छ ।

चितवनमा भइरहेको आन्दोलनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत विज्ञप्ति जारी गर्दै रवी लामिछानेको समर्थकको प्रदर्शनमा आपत्ति जनाएका छन् ।

पुडासैनी मृत्यु प्रकरणलाई लिएर रविका समर्थकहरुले आन्दोलन चर्काएपछि नेकपा चितवनले आपत्ति जनाएको हो । रविको समर्थनमा भएको प्रदर्शनमा नजान आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

न्यायालयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तनविरोधी भएको नेकपाको ठहर छ ।

पार्टीले विज्ञप्ति जारी गर्दै नेपाली जनताले लामो बलिदानीपूर्ण संघर्षपछि प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रकै विरुद्ध नारा लगाउनु नेपाली जनताप्रतिको अपमान भएको पार्टीले उल्लेख गरेको छ ।

यसै घटनालाई लिएर पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीलाई बढवा दिने गरी भएको ‘धमिलो पानीमा माछा मार्ने’ चलखेल भएको विज्ञप्तिमा उल्लेख छ । पार्टीले यस्तो कार्य स्वीकार्य नहुने पनि जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत घटना गम्भीर रहेको भन्दै सत्य तथ्य छानविन गर्न आग्रह गरेको छ । नेपाली कांग्रेस चितवनले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पीडितलाई न्याय तथा निर्दोष नपरुन् र दोषी नछुटुन् भन्ने मान्यताका साथ छानविन गर्न माग गरेको छ ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र सचिव उत्तम जोशी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘जनताको मौलिक हकहरु कुनै पनि असहज परिस्थितिमा पनि हनन हुनु हुँदैन, विधिको शासन र स्वतन्त्र न्यापपालिकाको सम्मान हुनुपर्नेमा नेपाली कांग्रेस चितवन दृढ छ ।’

कांग्रेसले चितवनको पछिल्लो जनप्रदर्शनले सरकारप्रति जनताको विश्वास घट्दै गइरहेको देखाएको पनि निष्कर्ष निकालेको छ । विज्ञप्तिमा पछिल्ला पदर्शनमा सरकार र सम्बन्धित निकायलाई सचेत रहन पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : २७ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही