माथिल्लो कर्णाली परियोजना राष्ट्रिय हित विपरित भएको भन्दै आलोचना « Khabarhub

माथिल्लो कर्णाली परियोजना राष्ट्रिय हित विपरित भएको भन्दै आलोचना


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा गरेको माथिल्लो कर्णाली र बुढी गण्डकी परियोजनामा राष्ट्रहितको संरक्षण सम्बन्धी बहसमा बोल्दै नेताहरुले सरकारले राष्ट्रिय स्वाधिनतामाथि नै खेलवाड गर्ने काम गरेको धारणा राखेका हुन् । टाट पल्टिएको भारतीय कम्पनी जिएमआरलाई माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माण सम्झौता नेपालको अहितमा रहेको भन्दै उनीहरुले जिएमआरलाई म्याद थप नगर्न सुझाएका छन् ।

नेकपा नेता भीम रावलले जिएमआरले नेपाललाई जुनसुकै जरिवाना गराउन सक्ने गरि राज्य तल परेर निर्माण सम्झौता गरिएको दाबी गरे । वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि योजना समर्थन गर्न नसकिने भन्दै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका सम्पुर्ण प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताए । उनले सानालाई कारवाही र ठुला तथा विदेशी कम्पनीलाई छुट दिने विषय आफुहरुलाई स्वीकार्य नहुने भन्दै उनले यस सम्बन्धमा सरकार हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जिएमआरलाई म्याद थप गरियो भने त्यस विरुद्ध नेपाली जनता आन्दोलनमा उत्रने चेतावनी दिए । उनले राष्ट्रिय स्वाधिनतामाथि खेलवाड गर्ने काम नगर्न सरकारलाई सचेत गराए ।
उनले वर्तमान सरकारले कम्युनिष्ट शब्दलाई नै बदनाम गर्ने काम गरेको आरोप पनि लगाए । सरकारमा रहेका नेताहरबाट राजनीतिक समस्या समाधान भयो भन्ने अभिव्यक्ति आएकोमा आपत्ती जनाउदै उनले राजनीतिक परिर्वतनका लागि अझै अर्को आन्दोलन र क्रान्ति आवश्कय रहेको दाबी गरे ।

माथिल्लो कर्णाली बचाऔ राष्ट्रिय अभियानका अध्यक्ष भरत बहादुर शाहीले माथिल्लो कर्णाली परियोजना निर्माणको जिम्म जिएमआरलाई दिनु नेपाल र नेपालीका लागि दुर्भाग्य र राष्ट्रघात भएको बताए । नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका नेपालसंगै भारत र बंगलादेशको पनि चासो रहदै आएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : ४४ बजे

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को

नवीकरणीय ऊर्जा र दक्षता कार्यक्रमका लागि दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा