उत्तरी आयरल्याण्डमा बम विष्फोट « Khabarhub

उत्तरी आयरल्याण्डमा बम विष्फोट


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलफाष्ट– बेलायतको प्रशासनमा रहेको उत्तरी आयरल्याण्डमा बम विष्फोट भएको छ । उत्तरी आयरल्याण्डको फेरमानाग काउन्टीमा बम विष्फोट भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । न्यूटाउनबट्लर शहरनजिक रहेको वाटल पुलमा उक्त बम विष्फोट भएको जनाइएको छ । उक्त स्थान आयरल्याण्ड गणतन्त्रको सीमानजिक पर्ने जनाइएको छ ।

पछिल्लो समय त्यहाँ बम राखिएको हल्ला चलेपछि सेनाको बम निष्कृय एकाईले त्यस क्षेत्रमा व्यापक खोजी गरेको थियो । खोजीका क्रममा एक शंकास्पद वस्तु मात्र फेला परेको बताइएको थियो । त्यसपछि शंकास्पद वस्तु भेटिएको स्थान नजिकै बम विष्फोट भएको हो । बम विष्फोटबाट सामान्यमात्र क्षति पुगेको अधिकारीले जनाएका छन् ।

पछिल्लो समय बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने विषयमा बेलायतमा तीब्र बहस चलिरहेका बेला बम विष्फोट भएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली युनियन ईयूसँग कुनै सम्झौता नगरी बाहिरिन तत्पर रहेका बेला आयरल्याण्ड गणतन्त्र र उत्तरी आयरल्याण्डको सीमामा थप कडाई हुने अवस्था आउने भन्दै आयरल्याण्डमा चिन्ता उत्पन्न हुँदै आएको छ । यसबाट आयरल्याण्डका विषयमा यसअघि भएका सम्झौताहरु उल्लङ्घन हुने र आइरिश द्वन्द्व चर्किनसक्ने टिप्पणी भइरहेको छ ।

बम विष्फोटको जिम्मा कुनै समूहले नलिइसकेपनि त्यस क्षेत्रमा इतिहासमा स्वतन्त्र एवं एकीकृत आइरिश गणतन्त्रका लागि आइरिश रिपब्लिकन आर्मी आइआरए नामक लडाकु समूह सक्रिय रहँदै आएको थियो । पछिल्ला केही समययता आयरल्याण्डमा आइरिश लडाकु समूह आइआरएको नयाँ गुट न्यू आइआरएले बम विष्फोट लगायतका हिंसात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । केही महिनाअघि मात्र उत्तरी आयरल्याण्डको डेरी शहरमा हिंसामा परी एक पत्रकारको ज्यान गएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ८ : २५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी