मधेसको विकासमा पहाडको समृद्धि जोडिएको छः अध्यक्ष प्रचण्ड « Khabarhub

मधेसको विकासमा पहाडको समृद्धि जोडिएको छः अध्यक्ष प्रचण्ड


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकास र समृद्धिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

धनुषाको बरमझियामा सोमबार आयोजित शहीद रामवृक्ष यादवको स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मधेसको विकासमै पहाडको पनि समृद्धि जोडिएको बताएका हुन् ।

अध्यक्ष दाहालले मधेसका जनताले त्याग र बलिदानअनुसार प्रतिफल पाउन नसकेको बताउँदै भने, ‘‘प्रदेश २ मा भ्रष्टाचार बढेको, सुशासन नभएको र जनताले दुःख पाएको भन्ने सुनेको छु । यस्ता कमजोरी हुन नदिन प्रदेश सरकार बढी क्रियाशील र उत्तरदायी बन्नुपर्दछ ।’’

उनले केही समयअघि प्रदेश नं २ का मुख्यमन्त्रीसहितको टोलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा तराई मधेशका जनता कसरी खुशी हुन्छन् भन्ने विषयमा छलफल भएको पनि उल्लेख गरे ।

मधेशमा वर्षेनी हुने गरेको बाढीको क्षति, सुक्दै गएको जलाधार, आगलागी, डुबानको समस्या हटाउन गुरुयोजना आवश्यक रहेको बताउँदै भने, ‘‘यी सबै समस्याको दीर्घकालीन समाधान खोज्नुपर्छ । चुरेको संरक्षणको गुरुयोजना तयार गरी कार्यान्वयन नगरेसम्म तराईलाई जोगाउन सकिन्न ।’’

उनले समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफू छिट्टै मधेसमा आउने पनि बताए । अध्यक्ष दाहालले जनता आवास, जनताको तटबन्ध, रेलमार्ग, हुलाकी मार्ग, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायतका परियोजनाले मधेस–तराईले विकासमा फड्को मार्ने बताए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ११ : १० बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र