दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीसहित नेपाली क्रिकेट टोलीको घोषणा | Khabarhub Khabarhub

दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीसहित नेपाली क्रिकेट टोलीको घोषणा


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सिंगापुरमा हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट शृङ्खला खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गरी पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो । यो टोलीमा दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको थियो ।

नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल पारिवारिक कारण भन्दै टोलीमा सहभागी नभएपछि दीपेन्द्रले उपकप्तानको जिम्मेवारी पाएका हुन् ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट त्रिकोणात्मक शृङ्खलाका लागि १५ सदस्यीय टीमको घोषणा गरेको हो ।

टोलीको छनोट आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले गरेका हुन् ।

सेप्टम्बर २७ बाट शुरु हुने शृङ्खलामा नेपालसहित आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे छन् ।

नेपाली टोली त्यतैबाट ओमानमा हुने ५ राष्ट्र सम्मलित टी–ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड छन् ।

नेपाली टोली

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, कारण केसी, बिनोद भण्डारी, ललित नारायण राजबंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, रोहितकुमार पौडेल ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १० : ४२ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव