नापी कार्यालयका सर्वेक्षक १० हजार घुससहित पक्राउ « Khabarhub

नापी कार्यालयका सर्वेक्षक १० हजार घुससहित पक्राउ


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नापी कार्यालय भक्तपुरका नापी सर्वेक्षक सिद्धराज जोशी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जग्गा हालसाविक गर्न नापी कार्यालयबाट तोक आदेश भइ फिल्ड नाप जाँच गर्ने क्रममा फिल्ड खर्चवापत भनेर लिएको १० हजार रुपैयाँ घुससहित नापी सर्वेक्षक जोशी पक्राउ परेका हुन् ।

सेवाग्राहीको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले जोशीलाई घुससहित पक्राउ गरेको हो ।

जोशीलाई भक्तपुर नगरपालिका–९ स्थित लुम्बिनी तन्दुरी एण्ड भोजनालयबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घुससहित पक्राउ परेका जोशीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ०८ बजे

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा