दक्षिण अफगानिस्तानमा कारबम आक्रमण, २० जनाको मृत्यु « Khabarhub

दक्षिण अफगानिस्तानमा कारबम आक्रमण, २० जनाको मृत्यु


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलको कलात शहरमा बिहीबार बिहान गुप्तचर सेवा भवनलक्षित कारबम हमलामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य ९५ जना घाइते भएका जाबुल प्रान्तका गभर्नरले जानकारी दिएका छन् । बिहान जाबुलको कलात शहरमा भएको कारबम राष्ट्रिय सुरक्षा निर्देशालयलाई लक्षित भएको बताइएको छ ।

कारबम विष्फोटमा सोही स्थानमा रहेको जाबुलको क्षेत्रीय अस्पताल ध्वस्त भएको छ । मृत्यु हुने अधिकांश अस्पतालका बिरामी तथा चिकित्सकहरु रहेको बताइएको छ ।

जाबुल प्रान्तका प्रान्तीय परिषदका प्रमुख अता जान हकबायानले भने उक्त घटनामा २० जनाको मृत्यु हुनकासाथै अन्य ९० जना घाइते भएको बताएका छन् ।

बम विष्फोटको जिम्मा तालिबान लडाकू समूहले लिएको छ । तालिबानका प्रवक्ता, कारी यसुफ अहमदीले विष्फोटको जिम्मा लिँदै उक्त आक्रमण राष्ट्रिय निर्देशनालयबिरुद्ध भएको बताएका छन् ।

अफगानिस्तानको जाबुल प्रान्तमा तालिबानी लडाकू समूहले गरेको यो पछिल्लो हिंसात्मक घटना हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक अमेरिकी सेनाबाट फिर्ता लिने सम्बन्धमा तालिबानसँगको वार्ता समाप्त गरेपछि हिंसा बढेको पाइएको छ ।

यसै हप्ताको शुरुमा राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका दुईवटा विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै