जाडो मौसममा खाने ५ तरकारी « Khabarhub

जाडो मौसममा खाने ५ तरकारी


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम विस्तारै शुरु भएको छ । काठमाडौं उपत्यकामा पनि बिहान र बेलुकाको समय चिसो शुरु भएको छ ।

त्यसैले अब चिसोबाट जोगिने उपाय अबलम्बन गर्नु आवश्यक छ । यहाँ हामीले जाडोको समयमा खाने ५ तरकारीका बारेमा जानकारी प्रस्तुत गरेका छन् ।

१ रायोको साग

रायो हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । यो जाडो मौसमका लागि स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै लाभदायी मानिन्छ । रायोको सागमा पाइने भिटामिन एले चिसोयाममा बढी देखिने बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ ।

बाथका रोगीका लागि हुने हड्डी दुख्ने समस्याबाट राहत मिल्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी लाग्दैन ।

२ मेथीको साग

मेथीको दाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, दाना मात्र नभएर मेथीको साग पनि उत्तिकै उपयोगी छ । मेथीको साग खाएमा चिसो मौसममा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

मेथीको सागमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, यो नियमित खाँदा रक्तचापसमेत नियन्त्रण गर्छ । त्यसैगरी, मेथीको सागमा पाइने गेलोप्टोमाइनन् नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ ।

३ गोलभेँडा

गोलभेँडा स्वादमा मात्र नभई स्वास्थ्यका लागिसमेत उत्तिकै प्रभावकारी चिज हो । सबैजसो मौसममा उपलब्ध हुने गोलभेँडा जाडोका लागि पनि उत्तिकै फाइदाजनक छ । यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ ।

जसले जाडोमा देखिने श्वासप्रश्वाससम्बन्धी रोग, छाला सुक्खा हुनेजस्ता समस्या नियन्त्रण गर्छ । गोलभेँडामा पाइने ल्याइकोपिनले हाम्रो शरीरमा भएको अनावश्यक फ्याट (बोसो) कम गर्छ ।

४ च्याउ

च्याउ सेलेनियमको राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई बलियो बनाएर शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ ।

चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ । यसमा प्रशस्त मात्रामा पाइने खनिज पदार्थले चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गर्छ ।

तसर्थ, च्याउ बाथका रोगीका लागि फाइदाजनक हुन्छ । त्यस्तै, यसले रगतमा सेतो रक्तकोषिका निर्माण गरी प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

५ बाँसको तामा

जाडोमा तामाको सुप स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको तरकारी, अचारसँगै सुप पनि बनाएर खान सकिन्छ । बाँसको तामाका परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्नेजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ ।

बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : १५ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष