देशभर बढ्यो चिसो, आज हिमपात र क्षणिक वर्षा हुने सम्भावना | Khabarhub Khabarhub

देशभर बढ्यो चिसो, आज हिमपात र क्षणिक वर्षा हुने सम्भावना


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढेको छ । उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।

राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ ।

पोखराको न्यूनतम तापक्रम १८.२ र अधिकमत तापक्रम २८.० डिग्री रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  १२ : ४८ बजे

जाग्राम बसेर देश विकास हुने हो र प्रधानमन्त्रीज्यू ?

७२ वर्षीय बयोवृद्ध निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई पछ्याउँदै ७३ वर्षीया

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ