प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गर्न सक्नुहुन्छ– मन्त्री बस्नेत « Khabarhub

प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेर गर्न सक्नुहुन्छ– मन्त्री बस्नेत


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् ।

सुर्खेत विमानस्थलमा प्रेस सङ्गठन सुर्खेतले शनिवार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले मन्त्रिपरिषद् कस्तो बनाउने र मन्त्रीहरु हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीकै भएको बताएका हुन् ।

“मन्त्रिपरिषद् परिवर्तन गर्ने कुरा प्रधानमन्त्रीको कुरा हो, उहाँको सहजताका लागि हो, उहाँले केही हेरफेर गर्न सक्नुहुन्छ”, मन्त्री बस्नेतले भने । । पत्रकारको प्रश्नमा मन्त्री बस्नेतले मन्त्री परिवर्तनको विषय नयाँ नभएको र बाहिर आएजस्तो गरी मन्त्रिपरिषद् हेरफेरको चर्चा नभएको स्पष्ट पारे ।

मन्त्री बस्नेतले कर्णाली प्रदेशलाई विकासको राष्ट्रिय मूलप्रवाहमा सहभागी गराउने बताए । कर्णालीको विकासमा सबैको भूमिका आवश्यक भएको भन्दै मन्त्री बस्नेतले यो वर्ष आर्थिक, सामाजिक विकासको वर्ष हुने बताए । आर्थिक विकास र संरचना निर्माण सरकारको पहिलो प्राथामिकता भएकाले अब सबैतिर विकासले गति लिने बताए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्माण गरिने प्रादेशिक विमानस्थल जमीनको कारण नरोकिने भन्दै यसको काम छिट्टै सञ्चालन हुने उनले जानकारी दिए ।

सरकारले बाढीपीडितको समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै मन्त्री बस्नेतले बाढीपीडितको समस्या समधान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ३ : ४९ बजे

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका

न्युरोड टिमले संकटा क्लब पराजित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा न्युरोड टिम (एनआरटी) ले

साताको कार्टुन : बालेन्द्रको चुनावी सक्रियता

काठमाडौं- फागुन २१ गते तोकिएको चुनावको तयारी तीव्र भइरहेको छ

प्रचण्डलाई विप्लवको जवाफ : चुनावी सहकार्यसमेत नगर्नेसँग एकता हुन सक्दैन

काठमाडौं- नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली

थाइल्यान्डमा सैन्य विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु

बैंकक– उत्तरी थाइल्यान्डको चियाङ माई प्रान्तमा सैन्य प्रशिक्षण अभियानको क्रममा