जो सुकैले जहिले अपराध गरेपनि दण्ड पाउनुपर्छ– गगन थापा « Khabarhub

जो सुकैले जहिले अपराध गरेपनि दण्ड पाउनुपर्छ– गगन थापा


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अपराध गर्नेले दण्ड पाउनुपर्ने उल्लेख गरेका छन् ।

कुनै घटनाबारे उल्लेख नगरिकन सांसदसमेत रहेका नेता थापाले दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने र निष्पक्ष छानविनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताए ।

सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्,‘ जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो काँग्रेसको धारणा। बाँकी सबै व्यक्तिगत धारणा हुन्।‬’

शुक्रवार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष शेरबहादुर देउवाले मोहम्मद अफताब आलमको पक्राउलाई षड्यन्त्रको आरोप लगाउँदै १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताएपछि आलोचना भएको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : १३ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३