विश्वका कम्युनिष्ट पार्टीको बैठक टर्कीमा, नेकपाका नेतापनि सहभागी « Khabarhub

विश्वका कम्युनिष्ट पार्टीको बैठक टर्कीमा, नेकपाका नेतापनि सहभागी


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका कम्युनिष्ट तथा श्रमिक पार्टीको २१औँ बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आ–आफ्ना देशका मौलिक विशेषतालाई ख्याल गर्दै कम्युनिष्ट पार्टीलाई लोकप्रिय, जनमुखी र बलियो बनाउन सक्दा मात्रै परिवर्तनको सपनालाई साकार पार्न सकिनेमा जोड दिएको छ ।

नेकपाका तर्फबाट केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा यसैमा जोड दिएका कारण नेकपा लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा स्थापित भएको स्मरण गराए ।

साठी देशका ७५ कम्युनिष्ट पार्टीको सहभागिता रहेको उक्त बैठकको आयोजना टर्की र ग्रीसका कम्युनिष्ट पार्टीले संयुक्त रुपमा गरेका हुन् । विश्वका सबै खालका कम्युनिष्ट पार्टीको साझा मञ्चका रुपमा रहेको कम्युनिष्ट तथा श्रमिक पार्टीको अन्तर्राष्ट्रिय बैठक (आइएमसीडब्लुपी) नामक उक्त मञ्च सन् १९९८ देखि हरेक वर्ष आयोजना हुँदै आएको छ ।

सन् १९१९ मा लेनिनको नेतृत्वमा ‘कम्युनिष्ट इन्टरनेशनल’ स्थापना भएको १०० वर्षको सन्दर्भ पारेर आयोजना गरिएको बैठकको मूल नारा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापनाको सयौँ वार्षिकोत्सव शान्ति र समाजवादका लागि लडाइँ जारी छ’ रहेको छ ।

शुक्रबार शुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ । बैठकको शुरुआत आयोजक टर्की कम्युनिष्ट पार्टीका महासचिव केमल ओकुयान र ग्रीस कम्युनिष्ट पार्टीका महासचिव दिमित्रिस कोत्सोम्वसले गरेका थिए ।

वैठकमा सहभागी नेकपाका विदेश विभाग उपप्रमुख रिजालसहित अन्य देशका प्रतिनिधि

मुख्य बैठक अघि बिहीबार बसेको कार्यकारी समूह (वर्किङ ग्रुप) को बैठकले एजेन्डा तय गर्नुका साथै बैठकपछि जारी गरिने वक्तव्यको मस्यौदामा सहमति जुटाएको थियो ।

विश्वका २५ प्रमुख कम्युनिष्ट पार्टी रहेको वर्किङ ग्रुपमा नेकपा सदस्य छ । निर्वाचनबाट सत्तामा आएको विश्वको एक मात्र कम्युनिष्ट पार्टी भएकाले नेकपालाई विशेष रुपमा लिइन्छ । कम्युनिष्ट प्रणाली भएका चीन, क्युवा, उत्तर कोरिया, भियतनाम र लाओसले पनि आ–आफ्नो देशको मौलिकताअनुसार समाजवाद निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कम्युनिष्ट आन्दोलनका अनुभवबाट शिक्षा लिँदै यसको भविष्यका लागि समय सापेक्ष हुन विश्वका कम्युनिष्ट पार्टीलाई नेपालका तर्फबाट आह्वान गरिएको छ । उपप्रमुख रिजालले भने “जनताका हरेक सुख दुःखमा सधैँ साथमै रहेकाले नेपाली जनताले हामीलाई दुई तिहाई मत दिएका छन् ।” आफ्नो पार्टी र सरकारको उद्देश्य सामन्तवादका अवशेष र पुँजीवादका विकृतिलाई समाप्त पार्दै नेपाललाई समाजवादतर्फ लैजाने रहेको उल्लेख गर्दै उनले त्यसैका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराका साथ सरकारले काम गरिरहेको जानकारी विश्व समुदायलाई दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ९ : ३६ बजे

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ ।

जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानका लागि अघि बढौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ‘सुपर एल निनो’को

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो