काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका « Khabarhub

काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी छलफलमा अचानक ‘फायर’ भइन् आशिका


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा चर्काचर्की भएको छ । छलफलमा जनप्रतिनिधिहरुसँग धादिङ १ बाट निर्वाचित सांसद आशिका तामाङको चर्काचर्की परेको हो ।

सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको छलफलमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बोल्दै गर्दा आशिका एक्कासी फायर भएकी हुन् ।

छलफलमा चिरिबाबु महर्जनले ‘त्यतिकै बेस्सरी कराएर हुन्छ, मेयरसापहरुलाई गाली गरेर हुन्छ ?’ भनेका थिए । छेवैमा बसेकी काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल भने चुपचाप रहन्छिन् ।

त्यसपछि आशिकाले सोध्छिन्, ‘आउनु पर्‍यो नि त ।’

चिरिबाबु भन्छन्- ‘आउँदै हुनुहुन्छ त, तपाईंको कुरा आक्रामक छ । त्यस्तो कुरा हुँदैन ।’

त्यसपछि आशिका फायर हुन्छिन् । आफू बसेको मेचबाट जुरुक्क उठेर टेबल ठटाउँदै आशिकाले चिरिबाबुलाई भन्छिन्, ‘अब जे हुन्छ, बञ्चरेडाँडामा हुन्छ, त्यहाँका चैँ मान्छे होइन ?’

चिरिबाबु थामथुम पार्ने प्रयास गर्दै ‘सुन्नुस् न सुन्नुस्, सुन्नुस न सुन्नुस’ भनिरहन्छन् ।

तैपनि आशिका चुप रहन्नन् । टेबल ठोक्दै स्थानीय सरकारले आँखा चिम्लेकाले यस्तो अवस्था आएको जिकिर गर्छिन् ।

विवाद बढ्दै जाँदा आशिका बैठक छाडेर हिँड्छिन् ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ३ : ४९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार