पुरुषले खाने गर्भनिरोधक चक्की किन पाइँदैन ? « Khabarhub

पुरुषले खाने गर्भनिरोधक चक्की किन पाइँदैन ?


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैज्ञानिकहरू पुरुषका लागि गर्भनिरोधक औषधि विकास गर्न आधा शताब्दीदेखि काम गरिरहेका छन् । तर आजसम्म औषधि पसलमा त्यस्तो खालको उपलब्ध भइसकेको छैन।

पैसाको अभाव र पुरुषहरूमा रहेको भनिएको अरुचिका कारण पुरुषका लागि गर्भनिरोधक चक्की ठूलो मात्रामा उत्पादन गरिएको छैन । बरु गर्भवती नहुने जिम्मेदारी अहिलेसम्म पनि धेरैजसो महिलाले नै लिउन् भन्ने अपेक्षा राखिन्छ ।

यद्यपि अनुसन्धानका अनुसार कैयौँ पुरुषहरू चक्की उपलब्ध भए प्रयोग गर्न तयार रहेको पाइएको छ । ब्रिटेनमा यौनमा सक्रिय पुरुषहरूमध्ये हरेक तेस्रो पुरुषले चक्की वा इमप्लान्ट जस्ता हर्मोन गर्भनिरोधकका रूपमा लिन आफूहरू सकारात्मक रहेको बताको बीबीसीले उल्लेख गरेको छ । ठीक त्यति नै सङ्ख्यामा अर्थात् हरेक तेस्रो ब्रिटिश महिला अहिले यस्तो औषधि प्रयोग गर्ने गर्छन्।

अहिले कन्डोम र भ्यासेक्टोमी मात्रै पुरुष गर्भनिरोधकका मुख्य उपायका रूपमा रहेका छन् । सर्वेक्षणमा सहभागी १० मध्ये ८ जनाले गर्भनिरोधबारे महिला र पुरुषले समान जिम्मेदारी लिनुपर्ने विचार व्यक्त गरेका थिए ।

यस्तै अमेरिकामा गरिएको सर्वेक्षणमा सहभागी १८-४४ वर्ष उमेरका यौनमा सक्रिय अमेरिकी पुरुषहरू मध्ये ७७ % ले कन्डोम या भ्यासेक्टोमी जस्ता गर्भनिरोधक बाहेक अरू खाले गर्भनिरोधक प्रयोग गर्नमा “धेरै वा केही” रुचि भएको बताएका थिए ।

त्यसो भए सार्वजनिक रूपमा स्वीकारोक्ति, जेन्डर भूमिकामा आएको खुकुलोपनले पुरुष गर्भनिरोधक चक्की वास्तविकता बन्ला ?

संसारभर प्रजनन गर्ने उमेर समूहका हरेक तेस्रो जोडीले कुनै पनि गर्भनिरोधक प्रयोग नगर्ने गरेको संयुक्त राष्ट्र सङ्घको एक अध्ययनले देखाएको छ। तर प्रयोग गर्नेहरूबीच महिला गर्भनिरोधक उपायहरू सबभन्दा धेरै लोकप्रिय छन् ।

विवाहित वा सम्बन्धमा रहेका १९ % महिलाहरू स्थायी बन्ध्याकरणमा रुचि राख्ने, १४ % महिला कोइल लगाउने गरेको, ९ प्रतिशत महिलाले चक्कीमा निर्भर रहने गरेको र ५ % महिलाले सुई लगाउने गरेको पाइएको छ ।

प्रत्यक्ष पुरुष सहभागी हुने उपायहरू निकै कम प्रयोग हुने गरेका छन्; ८ % कन्डोममा भर पर्छन् र २ % ले भ्यासेक्टोमी गर्छन् । तर सँधै यस्तै थियो भन्ने होइन।

चक्की बन्नु अघि पुरुषहरू गर्भनिरोधमा सहभागी बन्नै पर्ने अवस्था थियो उदाहरणका लागि कन्डोम प्रयोग गरेर।

१९६० मा महिलाले खाने गर्भनिरोधक चक्की ठूलो सङ्ख्यामा उत्पादन हुन थालेपछि महिलाहरूले आफ्नो प्रजननलाई यौनमा सहभागी हुने पुरुषहरूको सहभागिता वा जानकारी विना नै नियन्त्रणमा राख्न सक्ने भए।

अहिले दश करोड महिलाहरू चक्कीको प्रयोग गरिरहेका छन् र यो युरोप अष्ट्रेलिया र न्यूजील्याण्डमा सबभन्दा धेरै प्रयोग हुने गर्भनिरोधको उपाय बनेको छ।

चक्की अफ्रिका, ल्याटिन अमेरिका र उत्तर अमेरिकामा लोकप्रिय यस्ता गर्भनिरोधकमध्ये दोस्रो र एशियामा तेश्रोमा पर्छ।

त्यसयताका दशकमा यस्ता चक्कीले धेरै महिलालाई मातृत्व रोक्न या पछाडि सार्न सहयोग गरेको छ जसले गर्दा उनीहरूले उच्च शिक्षा वा रोजगारी जस्ता कुराहरू पहिले रोज्न पाएका छन्।

त्यसैले गर्भनिरोधक चक्कीलाई धेरैजसो महिला अधिकारको कोशेढुङ्गा र बीसौँ शताब्दीको एक महान् आविष्कारका रूपमा हेरिन्छ।

तर समाज लैङ्गिक समानतातर्फ बढिरहँदा पनि महिलाले गर्भनिरोधक प्रयोग गर्दा मानसिक, सामाजिक, आर्थिक र समय सम्बन्धी जिम्मेदारी बहन गर्दै आउनु परिरहेको छ। त्यसको ‘साइड इफेक्ट’ त अर्को पाटो भइहाल्यो।

किन अहिलेसम्म पुरुष चक्की छैन?

महिलाका लागि चक्की आविष्कार भएको एक दशक भित्रै सर्वत्र उपलब्ध बनेको थियो ।

तर सन् १९७० को दशकमा पहिलोपटक बाहिर ल्याइएको पुरुषका लागि चक्की चाहिँ किन बजारमा आइपुग्न यत्रो समय लाग्यो?

केही वैज्ञानिकहरूले पुरुष निरोधक चक्की बनाउने विज्ञान महिलाका लागि भन्दा बढ्ता जटिल रहेको बताउने गरेका छन् ।

पुरुषका लागि काम गर्ने चक्कीले शुक्रकीट बनाउने प्रक्रिया रोक्नुपर्ने हुन्छ र यो तहको काम गर्नका लागि आवश्यक हर्मोनको उच्च तहले ‘साइड इफेक्ट’ गर्न सक्छ ।

त्यसैगरी सामाजिक र आर्थिक कारकहरू पनि छन् । प्रजनन विज्ञान र औषधी महिलाको शरीर केन्द्रित छन् र पुरुषलाई ध्यानमा राखिएको छैन ।

उदाहरणका लागि स्त्रीरोग विशेषज्ञ अर्थात् गाइनेकोलोजिष्टबारे धेरैलाई थाहा छ तर पुरुष प्रजनन विशेषज्ञ अर्थात् एन्ड्रोलोजिष्टबारे धेरै कमलाई मात्रै थाहा हुने गर्छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : ५१ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै