आर्थिक सम्पन्नता दिलाउने ज्योतिषशास्त्रका सात उपाय | Khabarhub Khabarhub

आर्थिक सम्पन्नता दिलाउने ज्योतिषशास्त्रका सात उपाय


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कुनै पनि घर परिवारले सुख, शान्तिको मनोकांक्षा राखेका हुन्छन् । तर सबैको घरमा त्यस किसिमको वातावरण सिर्जना भएको हुँदैन । यसो हुनुमा त्यस्तो घरमा नकारात्मक उर्जाको प्रभाव रहेको शास्त्रिय मान्यता छ । सकारात्मक उर्जा ल्याउन निकै कष्ट गर्नु पर्ने र थुप्रै उपाय गर्नु पर्ने हुन्छ ।

नकारात्मक उर्जाले घरमा कयौँ किसिमका समस्याहरुको जन्म हुन्छ । जसका कारण आपसमा झगडा हुने, सम्पत्तिको क्षति अर्थात कमी हुने आदि हुन्छन् । तर यसो भयो भन्दैमा चिन्ता लिनु भने पर्दैन ।

तपाईंको घरमा भएको नकारात्मक उर्जालाई भगाएर सकारात्मक उर्जा ल्याउन सकिने केही सहज उपाय यहाँ प्रस्तुत गर्दछौँ ।

१. रोगबाट मुक्ति मिल्ने

वास्तु शास्त्रका अनुसार हरेक दिन तावामा रोटी पकाउनु वा सेक्नु अगाडि दूधको छिटा पार्नुहोस् । यसो गरे घरमा बिरामीको प्रकोप कम हुनेछ । आरोग्य सुख प्राप्त हुनेछ ।

२. घरमा हुनेछ आर्थिक वृद्धि

हरेक बिहीबार तुलसीको बोटमा थोरै दूध चढाउनाले घरमा लक्ष्मीको स्थायी बास हुनेछ । बेरोजगार व्यक्तिका लागि रोजगारको अवसर खुल्ने छ । यस्तै घरमा आर्थिक सम्पन्ताको वृद्धि हुनेछ ।

३. घरमा परिवारका सदस्यबीच बढ्ने छ प्रेम

घर परिवारका सदस्यबीच कलह तथा झगडा हुँदै आएको छ ? साथै घरको सबै तिर नकारात्मकता देखिन्छ भने नुन पानीले पूरै घरमा पोछा लगाउनु पर्दछ । वास्तुशास्त्रका अनुसार यो उपाय गर्नाले घरमा सकारात्मक उर्जाको सञ्चार हुनेछ । साथै घरका सदस्यहरुबीच प्रेम तथा आपसी सौहार्द पनि बढ्ने सम्भावना रहन्छ ।

४. सुख–शान्तिको हुनेछ बास

हरेक दिन शिव लिंगमा जलमा थोरै दूध मिलाएर अभिषेक गर्नुहोस् र थोरै पानी उभार्नुहोस् । त्यसपछि मुख्य द्वार अर्थात ढोकाको दुवैतर्फ उक्त दूध चढाउनुहोस् । ज्योतिषका अनुसार यसो गरेमा घरमा सुख–शान्तिको बास हुनेछ । साथै सकारात्मक उर्जा आउने छ ।

५. मनोकामना पूरा हुनेछ

हरेक दिन साँझको समयमा पिपलको बोटमा पानी चढाउनुहोस् । यसो गर्दा पानीमा थोरै दूध पनि मिसाउन नर्बिसनु होला । यसपछि दीपक जलाउनु होस् र आफ्नो मनोकामना सम्झदैँ पाँच पटक परिक्रममा गर्नुहोस् । यसो गरेमा आफ्नो मनोकामना चाँडै पूरा हुनेछ ।

६. पितृदोषबाट मिल्ने छ मुक्ति

हरेक दिन बिहान सबैभन्दा पहिलो खाना गाई माताका लागि तयार गरेर खान दिनुहोस् । त्यसपछि कुकुर र तेस्रोमा छतमा पंक्षीका लागि खाना राखिदिनुहोस् । यसो गरेमा पितृदोषबाट मुक्ति मिल्ने छ । साथै पितृदोषको कारण प्राप्त कष्ट समाप्त हुनेछ । घरमा सुख, शान्ति पनि फिर्ता आउने छ ।

७. नकारात्मक प्रभावको हुने छ कमी

कुनै पनि दिन चार घडीमा पाँच किलो शुद्ध नुन एक थैलीमा राखेर घरको यस्तो स्थानमा राख्नुहोस्, जहाँ पानीले नभेट्टाओस् । यदि आफै थैलीमा पानीले भेट्टायो र भिज्यो भने पनि उक्त नुन प्रयोग नगर्नुहोस् । त्यसलाई फालिदिनुहोस् । यसपछि फेरि त्यसै गरी नयाँ नुन ल्याएर राख्नुहोस् । यसले घरको सबै नकारात्मक प्रभावलाई कम गर्ने छ । र, सकारात्मक प्रभावलाई बढाउने छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : ०६ बजे

राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी एमाले मात्रै हो : ईश्वर पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का