बार्सिलोनाबाट ५० भन्दा धेरै पक्राउ, दर्जनौँ मानिस घाइते « Khabarhub

बार्सिलोनाबाट ५० भन्दा धेरै पक्राउ, दर्जनौँ मानिस घाइते


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना–स्पेनको स्वायत्त क्षेत्र क्याटलोनियाको स्वतन्त्रताको माग गर्दै भएका प्रदर्शनले थप हिंसात्मक स्वरूप लिन थालेपछि शुक्रबार र शनिबार गरी ५० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ ।

क्याटलोनियाको स्वतन्त्रता पक्षधर समूहले स्पेनबाट आफूहरूलाई स्वतन्त्र बनाउने प्रयासस्वरूप गरेका आन्दोलनहरूले हिंसात्मक रूप लिएपछि बार्सिलोना लगायतका मुख्य शहरी क्षेत्रहरूमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्तहरू भएका प्रहरीले बताएको छ ।

क्याटलोनियाको स्वतन्त्रताका लागि सन् २०१७ मा जनमतसङ्ग्रह गरिएको र सोही आधारमा क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने तत्कालिन क्याटलोनियाली सरकार प्रमुख कार्ल पुज्देमोन लगायतका नेताहरूविरूद्ध स्पेनले यूरोप तथा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरेको थियो ।

आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले केही प्रदर्शनकारीली नियनत्रणमा लिएको स्पेनी अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । क्याटलोनिया स्वायत्त क्षेत्रका प्रहरी, मोसेस दे एस्कुआद्राका अनुसार शुक्रबारदेखि शनिबार अपरान्ह्सम्म ५४ जनालाई सुरक्षा नियनत्रणमा लिइएको छ । प्रदर्शनका क्रममा करिब १०० जना घाइते भएका र ५० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

शुक्रबार शुरू भएको आम हडतालमा क्याटलोनियाली जनताको भब्य सहभागिता रहेको र कतिपय स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका थिए । प्रहरीले शनिबार राति दर्जनौँ स्थानीयलाई नियनत्रणमा लिएको हो । क्याटलोनियामा गत सोमबारदेखि सामान्य प्रदर्शनहरू भएका थिए तर शुक्रबार उक्त प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएको थियो ।

प्रदर्शनकारीले क्याटलोनियाको स्वतन्त्रताको माग गर्ने विभिन्न नौ राजनीतिज्ञलाई जेलबाट रिहा गर्ने शर्त अस्वीकार गरेपछि प्रदर्शनले नयाँ रूप लिएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ८ : ५८ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने