युरोकप छनोट : बेल्जियमको शानदार जीत, साइप्रस ६-१ गोल अन्तरले पराजित « Khabarhub

युरोकप छनोट : बेल्जियमको शानदार जीत, साइप्रस ६-१ गोल अन्तरले पराजित


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोकप छनोटमा बेल्जियमले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले साईप्रसलाई ६–१ गोल अन्तरले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा शानदार जित सहित बेल्जियमले युरो छनोटलाई बिदा गरेको छ । टिम यसअघिनै युरोकपमा छनोट भईसकेको छ ।

बेल्जिमयले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकल्न सफल बन्यो । उसले १० खेलबाट ३० अंक जोड्न सफल रह्यो । साईप्रस १० अंक सहित चौथो स्थानमा रह्यो ।

बेल्जिमयको जितमा केभिन डी ब्रुईन र क्रिस्टियन बेनटेकले समान दुई तथा यानिक कारास्कोले एक गोल गरे । बेल्जियमले क्रिपरोस क्रिस्टोफोरोबाट एक गोल आत्मघाति उपहार पाएको थियो ।

खेलमा अग्रता साईप्रसले १४ औ मिनेटमा निकोलस एनोउसको गोलबाट लिएको थियो । त्यसको दुई मिनेटपछि बेनटेकले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए । ब्रोईनले ३५ औ मिनेटमा बेल्जियमलाई अघि बढाउने काम गरे ।

४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बेल्जियमलाई ३–१ को स्थितिमा पुर्‍याएका थिए । ४४ औ मिनेटमा कारास्कोले बेल्जियमका लागि चौथो गोल गरे ।

क्रिस्टोफोरोले ५१ औ मिनेटमा आत्मघाति गोल गरेपछि बेल्जियम ५–१ ले अघि बढेको थियो । ६७ औ मिनेटमा बेनटेकले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फराकिलो जित दिलाउने काम गरे ।

रोबर्टो मार्टिनेजको टिम बेल्जियमले युरो छनोटमा ४० गोल गर्न सफल रह्यो । र सबै १० खेलमा जित हासिल गर्‍यो।

बेल्जियमले अहिलेसम्म साईप्रससंग हारेको छैन । विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जिमयले पछिल्ला १६ खेल मध्य १४ खेलमा जित निकालेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : १५ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा