टेलरिङ सेन्टरमा चोरीमा संलग्न विक पक्राउ « Khabarhub

टेलरिङ सेन्टरमा चोरीमा संलग्न विक पक्राउ


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित रोयल कम्प्लेक्स सिर्जन सर्टिङ एण्ड सुटिङ टेलरिङ सेन्टरमा चोरी भएको घटनामा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटार खाँडीपाखा बस्ने बाजुरा गौमुल गाउँपालिका-२ दहकोट घर भएका २१ वर्षीय दिनेश विकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त सेन्टरमा गत सोमबार चोरी भएको घटनामा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारस्थित पर्वत गुल्मी,पोखरा एण्ड दाङ गेष्ट हाउसको कोठा नम्बर ३०६ बाट उनलाई फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले विकको साथबाट नगद २५ हजार रुपैयाँ, साउदी रियाल १ दरका १ सय २६ थान, पाईन्ट १७ थान, कोट १६ थान, विभिन्न खालको सर्ट ३६ थान, जिन्सको ज्याकेट १ थान, स्टकोट ३ थान, मोवाइल १ थान, मोवाइल प्याड १ थान, सिमकार्ड ३ थान लगायत करिब २ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको धनमाल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : २६ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको