प्रहरीलाई ५० हजार घुस दिन खोज्ने चार जना पक्राउ « Khabarhub

प्रहरीलाई ५० हजार घुस दिन खोज्ने चार जना पक्राउ


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिउटीमा खटिएको प्रहरीलाई नगद ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-५ बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसकी संचालक उदयपुर गाईघाट नगरपालिका-५ घर भएकी ४० वर्षीया सोम माया राई समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त गेष्ट हाउसमा अनैतिक क्रियाकलाप भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगद दिन खोजे पश्चात उनीहरुलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : ३१ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको