धोका के हो ? धोका पाएमा के गर्ने ? « Khabarhub

धोका के हो ? धोका पाएमा के गर्ने ?


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो समाजमा धोका दिनु वा धोका पाउनु सामान्य विषय बनिसकेको छ ।

आजकलका कलिला उमेरका प्रेमीप्रेमीकादेखि वर्षौ सम्बन्धमा बाँधिएकाहरु समेत धोका दिने गर्दछन् । यसर्थ अधिकांश मानिसले जीवनमा कुनै न कुनै बेला धोका दिने वा पाउने गर्दछन् । तर धोका पाउने वा दिनेलाई धोका के हो भन्नेसमेत थाहा हुँदैन ।

धोका मानिसको सम्बन्धमा लुकाइएको सत्य वा बोलेको बचन नपुर्याउनु हो । यसको कुनै सीमा वा परिधी हँदैन । धोकालाई विश्वास र विश्वासघात बीचको अन्तरका रुपमा बुझ्दा सहज हुन्छ ।

एक अनुसन्धान अनुसार विश्वका करिब ७० प्रतिशत मानिसले कुनै न कुनै रुपमा आफ्नो पार्टनरलाई धोका दिन्छन् । तर यस धोकामा प्रेममा धोका दिनु वा छोड्नु भन्ने पर्दैन ।

कुनै कुरा छल गर्नु, लुकाउनु, जानकारी नदिई गर्नु वा बताउनु पर्ने कुरा नबताउनु धोका हो । तर कतिपय मानिस प्रेममा नै धोका दिने गर्दछन् ।

यस मामलामा पहिले पुरुषहरुको संख्या ज्यादा रहेपनि हाल महिला पुरुषको संख्या बराबरी झै छ । यसरी प्रेममा धोका दिनुको अर्थ एकसँग सम्बन्धमा रहेकै बेला अरुसँग सम्बन्ध राख्नु वा अर्को पार्टनरको खोजी गर्नु हो । साथै कतिपयले पार्टनरको जानकारी बाहिर दोस्रो व्यक्तिसँग गर्ने सेक्स पनि एक प्रकारको धोका हो । जसलाई नेपाली समाजमा ठूलो धोकाको रुपमा मानिन्छ ।

धोकाको खास अर्थ चाहिँ भावनात्मक विश्वासघात हो । अर्थात बचन र मर्यादामा बाधिएको सम्बन्धमा आउने अविश्वास र दूरी नै धोका हो ।

यस्तोमा सम्बन्धमा बाधिएका मानिस धोकालाई अनैतिक मान्दछन् । उनीहरु धोका पाएपछि रुने, दुखी हुने, आफूलाई क्षति पुर्याउने वा बदलाको भाव राखी धोका दिने व्यक्तिलाई क्षति पुर्याउने कल्पना र कर्म गर्दछन् ।

धोका पाउने व्यक्तिका लागि धोकाले मानसिक र स्वास्थ्यमा असर पार्दछ । यसैकारण कतिपय मानिसको धोकाको आडमा नै सम्बन्धहरु तोडिएका छन् । तर धोका दिएको मानिसलाई एक पटकलाई अवसर दिएर उसको नैतिकता र इमान्दारिता मापन गर्न सकिन्छ ।

यदि पुनः उक्त व्यक्तिबाट धोका पाइयो भने यस्तोमा सम्बन्ध बचाउन लागीपर्नुभन्दा सम्बन्ध तोड्नु नै उचित हुन्छ ।

जहाँ मन भुलाउन जीवन त अमर छैन, सम्बन्ध कसरी अम्बर होस् भन्ने मानसिकता बसाउनु पर्छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : ५० बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको