नयाँ मन्त्रीहरुको शपथका लागि शीतल निवासमा तयारी « Khabarhub

नयाँ मन्त्रीहरुको शपथका लागि शीतल निवासमा तयारी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिमण्डल हेरफेरको बारेमा निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले केही मन्त्रीलाई विदा गर्ने र केही मन्त्रीको जिम्मेवारी हेरफेर तथा नयाँ मन्त्रीको सिफारिसको निर्णय गर्ने छ ।

मन्त्रिमण्डल हेरफेर बारे नेकपा सचिवाल बैठकले अनुमोदन गरेपछि आजै नयाँ मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ दिलाउने तयारी रहेको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंगलबार(हिजो) बुधवार(आज) मन्त्रिमण्डल हेरफेर हुने बताएका थिए ।

मन्त्रिमण्डलमा हेरफेर गर्न नेकपाका दुई जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान दुई घन्टा भन्दा धेरै बेर छलफल गरेका थिए । त्यस लगत्तै उनीहरु शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग मन्त्रिमण्डल हेरफेरबारे परामर्श गरेपछि अहिले नेकपाको सचिवालय बैठक बसिरहेको छ ।

मन्त्रिमण्डलको हेरफेर हुने भएपछि शीतल निवासमा मन्त्रीहरुको शपथको तयारी गरिएको छ ।

शपथको तयारीका लागि प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डले राष्ट्रपति कार्यालयलाई अनौपचारिक रुपमा जानकारी गराएका छन् ।
‘औपचारिक रुपमा कुनै जानकारी आएको छैन’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो,‘तर हामी तयारी अवस्थामा बसेका छौं ।’

राष्ट्रपति कार्यालय श्रोतका अनुसार साँझ पाँच बजे नवनियुक्त मन्त्रीहरुको शपथको तयारी भएको भएपनि औपचारिक जानकारी भए प्राप्त भएको छैन ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ३ : ०६ बजे

गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

एजेन्सी– गत अक्टोबरको युद्धविराम पछि गाजा पट्टीमा इजरायली ड्रोन तथा

जिन्दगीमा पहिलो पटक कारबाही भन्ने शब्दमा परियो : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू जीवनमा पहिलो पटक

नेपाल दूरसञ्चार कम्पनीको साधारणसभा सम्पन्न

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको अठारौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न

‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री फरमुल्लाह मनसुरले बोल्न नसक्ने हिँड्न नसक्ने

कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा कार्यकर्ताहरूले रुख