प्रधानमन्त्रीको निर्देशनलगत्तै नगरकोट सडक अनुगमन « Khabarhub

प्रधानमन्त्रीको निर्देशनलगत्तै नगरकोट सडक अनुगमन


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै भत्केको पाटी नगरकोट सिपाघाट सडकको अनुगमन गरिएको छ ।

प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वमा उपसचिव आनन्द काफ्लेसहित सडक आयोजना प्रमुख जगत प्रजापति, चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले उक्त सडकको आज अनुगमन एवं निरीक्षण गरेको हो ।

टोलीले भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माणको काम कहाँ पुग्यो, के के काम भएका छन्, के के बाँकी छ भन्नेबारेमा यथार्थ रुपमा अवलोकन गरेको नगरपालिकाका प्रशासकीय अधिकृत तिम्सिनाले जानकारी दिए ।

सडक निर्माणका क्रममा आइपरेका समस्या, ठेकेदारको कमजोरी, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको खम्बा हटाउने कार्यको अवस्था, रूख कटानको अवस्थादेखि यहाँका सम्पूर्ण अवस्थाबारे टोलीले जानकारी लिएको उनले बताए ।

टोलीले सडकको निरीक्षणसँगै स्थानीय बासिन्दा, सङ्घर्ष समितिका व्यक्तिहरु र सरोकारवालाहरुबीच छलफल गरेको, समस्याको पहिचान गरेको, समस्या समाधानका लागि आएको सुझावहरुसमेत सङ्कलन गरेको उनले जानकारी दिए ।

भक्तपुरको भत्केको पाटी नगरकोट सडकको अनुगमन निरीक्षणमा देखिएका विषयलाई रिपोर्ट बनाएर प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिने अनुगमनका संयोजक एवं प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालले जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : १० बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय