सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी « Khabarhub

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- बर्सेनी पहिरो गएर थुप्रै नागरिकको ज्यान गएको सिद्धबाबा पहिरोग्रस्त क्षेत्रका अब सुरुङमार्ग निर्माण हुने भएको छ ।
पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र विकासका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता गरेलगत्तै यस क्षेत्रका नागरिक खुशी भएका छन् ।

राष्ट्रिय योजना आयोगबाट स्वीकृत योजनाका लागि १० अर्ब १५ करोड स्वीकृत भएको छ । सिद्धबाबा क्षेत्रको करिब एक किलोमिटर ७०० मिटर सडक सुरुङमार्ग बनाउन स्टिमेट र डिजाइन स्वीकृत भएको हो ।

अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का लगाई डिजाइनअनुसार काम अगाडि बढाउन भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई भनेको छ । अर्थ मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीद्वारा हस्ताक्षरित स्रोत सुनिश्चिता पत्र सम्बन्धित सडक डिभिजन कार्यालयमा पठाइएको छ ।

यही मंसिर १ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्ग निर्माणका लागि हरेक वर्ष रकम सुनिश्चित गर्ने गरी निर्णय गरेको हो । अर्थ मन्त्रालयले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई पत्र लेखेर सहमति दिएसँगै सडक निर्माणका निम्ति ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

हिउँद तथा बर्सातको समयमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर थुप्रै नागरिकको ज्यान गएको क्षेत्रमा पटक पटक निर्माण कार्य हुने र बर्सेनी अनुगमन गरिने क्षेत्रबाट अब भने सुरक्षित सडक निर्माण हुनेमा सर्वसाधारण नागरिक विश्वस्त छन् ।

पाल्पा बुटवल सडकखण्डको सिद्धार्थ राजमार्ग अन्तर्गतको यो सडकमा बर्सेनी नागरिकले ज्यान गुमाउँदै आएका छन् । सहमतिपत्र सार्वजनिक भएसँगै स्याङ्जा, पाल्पा हुँदै बुटवलसम्म जाने–आउने यात्रुहरु सुरक्षित यात्रा गर्न पाउनेमा ढुक्क हुने भएपछि खुशी भएको पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा पूर्वमन्त्री दलबहादुर बताए ।

सांसद रानाले पाल्पाका लागि व्यापारिक केन्द्र बुटवल आउनजान बढी पर्ने भएकाले पनि यो मार्गमा सुरुङमार्ग निर्माण हुनुले आफू निकै खुशी भएको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ०० बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय