‘इन्डियन आइडल’मा पुगिन निरुता सिंह « Khabarhub

‘इन्डियन आइडल’मा पुगिन निरुता सिंह


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय भारतको मुम्बईमा बस्दै आएकी नेपाली नायिका निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् ।

अभिनेत्री सिंहले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो क्लिप राख्दै आफू इन्डियन आइडलमा पुगेको जनाएकी हुन् ।

उनले त्यहाँ पुग्दा निकै रमाइलो भएको र राम्रो समय बिताएको बताएकी छिन् । अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताएँ । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद !’

निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनको अभिनय रहेका दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाइ लगायत चलचित्र दर्शकले रुचाएका चलचित्रमा पर्छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : २२ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक