इमान्दार झलक : नगदसहित भेट्टाएको झोला फिर्ता ! « Khabarhub

इमान्दार झलक : नगदसहित भेट्टाएको झोला फिर्ता !


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीका एक युवा व्यवसायीले बाटोमा भेट्टाएको नगद र चेकसहितको महत्वपूर्ण सामग्री सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेका छन् ।

ती इमान्दार युवा हुन झलक शर्मा । रघुगङ्गा गाउँपालिका–२ पञ्चासेका शर्माले अन्नपूर्ण गाउँपालिका–३ दानाकी रिया थापाको पैसासहितको झोला खोजी गरेर फिर्ता गरेका हुन् ।

थापाको झोला बेनीदेखि दानातर्फ जाने क्रममा जीपको झ्यालबाट खसेरको थियो ।

बेनी–गलेश्वर सडकखण्डअन्तर्गत जलेश्वरको बीच सडकमा भेटिएको सो झोलामा रहेको ५० हजार २२५ नगद, ५९ हजार बराबरको बैंकको चेक, दुई थान नेपाली नागरिकताको प्रमाणपत्र, औषधि, मोबाइललगायतका सामग्रीलाई गलेश्वर प्रहरीचौकीमा जनप्रतिनिधिको रोहवरमा शर्माले सम्बन्धित व्यक्तिलाई उपलब्ध गराएका हुन् ।

बेनीमा मेघावान कन्ट्रक्सन व्यवसाय सञ्चालन गर्दै आएका शर्माले मोटरसाइकलमार्फत यात्रा गर्दा सडकमा झोला भेट्टाएका थिए । भेटिएको झोलामा नगद, चेक, मोबाइल र नागरिकतालगायतका महत्वपूर्ण कागजात देखेपछि सम्बन्धित व्यक्तिको खोजीमा लागेका उनले चेकको पछाडि लेखिएको मोबाइल नम्बरमार्फत सम्बन्धित मान्छे पत्ता लगाएका हुन् ।

आफ्नो हराएको सामग्री फेला पारी उपलब्ध गराएकोमा थापाले शर्मालाई धन्यवाद दिइन ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : ३७ बजे

 शुभशेर राई स्मृति प्रतिष्ठानद्वारा शिक्षक-विद्यार्थी पुरस्कृत

खोटाङ– ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान

लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक सम्पन्न

दाङ– लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठक आज सम्पन्न

विश्वकै ठूलो रियल-इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो, संस्थापकलाई जन्मकैद

बेइजिङ‍- चीनको विशाल रियल-इस्टेट कम्पनी ‘एभरग्रान्ड’को टाट पल्टिएको छ ।

बजारमा तीजको माहौल, बालुवाटारमा मेला (तस्बिरहरू)

काठमाडौं– भदौको सुरूआतसँगै बजारमा हरितालिका तीजको माहौल देखिन थालेको छ ।

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले फोहोर व्यवस्थापनलाई राष्ट्रिय