फाँसी अघिनै मृत्यु भएपनि मुशर्रफको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याऊ– अदालत « Khabarhub

फाँसी अघिनै मृत्यु भएपनि मुशर्रफको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याऊ– अदालत


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहमा दोषी ठहर गर्दै विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । फाँसीको सजायको पूर्ण फैसला सार्वजनिक भएको छ ।

इण्डियन एक्सप्रेसमा प्रकाशित एक समाचारका अनुसार उदालतको फैसलामा लेखिएको छ,‘यदी मुशर्रफको मृत्यु फाँसीको सजाय भन्दा पहिला भएपनि उनको शवलाई इस्लामावादको डी चोकमा तीन दिनसम्म झुण्ड्याउनु ।’

फैसलामा भनिएको छ,‘अभियुक्तलाई हरेक एक अपराधमा दोषी पाइएको छ । त्यसैले उनलाई फाँसीमा अन्तिम श्वास सम्म झुन्ड्याइनेछ ।’

‘हामी कानून प्रवर्तन एजेन्सिलाई यो निर्देशन दिन्छौं कि दोषी व्यक्तिलाई कानूनको तर्फबाट तय सजाय दिने काम पूरा होस् । यदी उनको यसअघि नै मृत्यु भए उनको शवलाई पाकिस्तानको राजधानी इस्लामाबादको डी चोकमा ल्याइयोस् र त्यहाँ तीन दिन सम्म झुण्ड्याइयोस् ।’

विशेष अदालतको जुन बेञ्चले परवेज मुशर्रसको विरुद्ध फैसला सुनाएको छ त्यसको नेतृत्व पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठले गरेका थिए ।

७६ वर्षीय मुशर्रफ यतिबेला दुबईमा रहेका छन् । उनको त्यहाँ स्वास्थोपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १० : ३४ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी