विप्लव समूहका ६ विद्यार्थी धरौटीमा छुटे « Khabarhub

विप्लव समूहका ६ विद्यार्थी धरौटीमा छुटे


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– नेत्रविक्रम चन्द (विप्लव) समूहका छ जना विद्यार्थी धरौटी रकम बुझाएर छुटेका छन् ।

गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर, अभद्र व्यवहार गर्न नहुने जस्ता आरोप लगाएर मुद्दा लगाइएको थियो ।

पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ वर्षीय ललित सार्की, पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर, खप्तड छन्ना गाउँपालिका– ८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका– ४ का १९ वर्षीय धनसिंह धाँमी र बाजुराको बूढीगङ्गा नगरपालिका–१० का २१ वर्षीय दीपक रावतलाई जनही रु आठ हजार धरौटी लिएर जिल्ला प्रशासन कार्यालयले छोडेको हो ।

विद्यार्थी भएका कारण थोरै रकम धरौटी लिएर छाडिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । यस्तै उक्त समूहले आफ्ना विद्यार्थी पक्राउ गरेर आफन्तलाई सहज भेटघाट गर्न नदिएको धरपकड गरेको, झुठा मुद्दा लगाई हिरासतमा राखेको भन्दै राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा उजुरीसमेत दिएको थियो । आयोगले उजुरी परेकाबारे जिल्ला प्रशासन कार्यालयलाई गत मङ्सिर १३ गते जानकारी माग गरेको थियो भने जिल्ला प्रशासन कार्यालयले यही पुस २ गते आयोगलाई घटनाबारे लिखित जवाफ दिएको थियो ।

पक्राउ परेका विद्यार्थीले बसपार्क क्षेत्रमा प्रहरीसँग बादविवाद गरेको, हातपात गर्नुका साथै अभद्र व्यवहार गरेर भागेका कारण कानूनबमोजिम पक्राउ गरिएको जवाफ पठाएको जिल्ला प्रशासन कार्यालयले स्रोतले जनाएको छ । प्रशासनले पक्राउ गरिएकालाई कानूनसम्मत म्याद थप प्रक्रियाको कागज बनाई राखिएको तथा उनीहरुमाथि कुनै पनि किसिमको शारीरिक तथा मानसिक यातना नदिएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ०० बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा