अधिवक्तामाथि सांघातिक आक्रमण गर्नेमाथि कारवाही गर्न बार एशोसिएशनको माग « Khabarhub

अधिवक्तामाथि सांघातिक आक्रमण गर्नेमाथि कारवाही गर्न बार एशोसिएशनको माग


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता सुनीलकुमार श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको घटनाका दोषीलाई कारवाही गर्न माग गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलद्वारा हस्ताक्षरित आज जारी प्रेस विज्ञप्तिमा वरिष्ठ अधिवक्ता श्रेष्ठको ‘ल फर्म’ घेराउ गर्ने काम अभद्र र अमर्यादित मात्र नभएर जीउ ज्यानसमेतमा धावा बोल्ने काम भएकाले दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

वरिष्ठ अधिवक्ता श्रेष्ठलाई यही पुस २ गतेका दिन प्रतिवादी विजय पाठकका तर्फबाट कानून व्यवसायीको हैसियतले बाँके जिल्ला अदालतमा बहस पैरवी गरेको विषयलाई लिएर मुद्दाका जाहेरवाला पक्षबाट नचिनिएका ५० भन्दा बढी व्यक्तिले हुलहुज्जत गरी हातपात गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा २० (२)ले पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसँग सल्लाह लिन पाउने तथा कानून व्यवसायीद्वारा पुर्पक्ष गर्नेको हक हुनेछ भनी व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ३ : ३४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना