उपचारका लागि प्रचण्ड पत्नी सीता रामदेवको आश्रममा « Khabarhub

उपचारका लागि प्रचण्ड पत्नी सीता रामदेवको आश्रममा


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई उपचारका लागि हरिद्वारस्थित रामदेवको योगपिठ लगिएको छ ।

प्रचण्डकी छोरी गंगा दाहालले आमा सीतालाई हरिद्वार स्थित पतञ्जली योगपीठ लगिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।

उनले बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेको तस्वीर पनि शेयर गरेकी छिन् । सीताका साथमा छोरी गंगा र पूर्वमन्त्री मात्रिका यादव र उनकी पत्नीसमेत छन् ।

पार्किन्सन्स रोगबाट पीडित सीताको स्वास्थ्यमा सुधार नभएपछि उनलाई आयुर्वेदिक उपचार थालिएको हो ।

उपचारका लागि गत चैतमा प्रचण्डले पत्नी सीतालाई अमेरिका पनि लगेका थिए ।

प्रचण्ड पत्नी सीता केही समय अघिदेखि नै पार्किन्सन रोगबाट पीडित छिन् । छोरा प्रकाश दाहालको निधन भएपछि उनमा यो समस्या थप बढेको छ । अमेरिका जानु अघि प्रचण्डले भने अनुसार पहिला पार्किन्सन भित्रको भनेर सामान्य मानिए पनि यो जटिल बनेको छ ।

पार्किन्सन भित्रको पनि प्रोग्रेसिभ सुप्रान्यूक्लियरपाल्सी भन्ने रोग सीतालाई लागेको प्रचण्डले जानकारी दिएका थिए । रोग अलि जटिल नै हुन थालेको र अमेरिकामा यसको पछिल्लो प्रविधि अनुसार उपचार हुने भएपछि आफू त्यसतर्फ लागेको प्रचण्डले बताएका थिए । अमेरिकामा उपचार गरेर आएपनि सीताको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन सकेको थिएन ।

पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। उनी साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ४ : २९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन