काठमाडौंको सीतापाइलामा लामखुट्टे मार्ने औषधिको गोदाममा आगलागी « Khabarhub

काठमाडौंको सीतापाइलामा लामखुट्टे मार्ने औषधिको गोदाममा आगलागी


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका–४ सीतापाइला–बाफल क्षेत्रमा एउटा गोदाममा आगलागी भएको छ ।

लामखुट्टे मार्न प्रयोग हुने झोल पदार्थ (किटनाशक औषधि) उत्पादन गर्ने कम्पनीको गोदाममा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

डिएसपी बोगटीका अनुसार अहिले जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिकालगायतबाट ४ वटा दमकल मगाएर आगो निभाउने प्रयास भइरहेको छ ।

अग्नी नियन्त्रक, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी लगभग नियन्त्रण हुने अवस्थामा रहेको डिएसपी बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : २० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार